सुनको मूल्य घट्दा व्यापारको आश जाग्योःप्रवक्ता साह

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले सुनको मूल्य ओरालो लाग्न थालेपछि व्यापारमा केही राहत मिलेको बताउनुभएको छ । आभूषण बजार पत्रिकासँग कुराकानी गर्नुहुँदै प्रवक्ता साहले भाउको उच्चवृद्धिले ग्राहकहरु गहना खरिद गर्न रुची नदेखाइरहेको अवस्थामा आज एकाएक तोलामा दुईहजारले भाउ घटेपछि सिजनमा व्यापारमा हुनेमा आशा जागेको बताउनुभयो । मंगलबार सुन तोलामा दुई हजार घटेर ७५ हजार ५ सय मूल्य कायम भएको थियो । सासोमवार पाँच सय रुपैयाँ बढेर तोलाको ७७ हजार ५ सय रुपैयाँ पुगेको थियो । सोमबार तोलामा पाँच सय बढेको सुन मंगलबार दुई हजार रुपैयाँ घटेको हो । सुनचाँदी व्यवसायको लागि वैशाख सुरु हुन थालेपछि लगनको समयमा सुनको माग बढी हुने गर्दछ । कोराना भाईरसको कारणले गर्दा आर्थिक मन्दी आएपछि सुन विक्री गर्ने क्रम बढेसँगै सुनको मूल्य घटेको नेपाल सुनचाँदी महासंघका प्रवक्ता मनोजकुमार साहले बताउनुभयो । सुन विक्री गरेर शेयर खरिद र कर्जा तिर्नको लागि मानिसहरु लागेकाले पनि सुनको मूल्यमा गिरावट आएको साहको भनाई छ ।

मंगलवार चाँदीको भाउ तोलामा ८० रुपैयाँ घटेको छ । चाँदी तोलामा ७ सय १० रुपैयाँमा कारोबार भएको छ । सोमबार भने चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्