सुनचाँदी पसल स्वच्छेकी बन्द कि बन्दनै ? दुई महासंघको निर्णय

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरनाप्रति उच्च सर्तकर्ता अपनाउदैं आफु अन्र्तगतका कार्यालय र पसलहरुलाई आफ्नो इच्छा अनुसार पसल बन्द गर्न अनुरोध गरेको छ । चैत ८ गते बसेको महासंघको १९ औं पदाधिकारी बैठकले चैत ९ गते देखि २१ गतेसम्म स्वेच्छीक पसल बन्द गर्ने निर्णय गरेको महासंघका प्रवक्ता मनोजकुमार साहले बताउनुभयो । साथै वैठकले सुनचाँदीको दरभाउ पनि वितरण हुने जनाएको छ ।

यसैगरी नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको चैत ९ गते बसेको सचिवालय बैठकले भने कोरानाको प्रभावलाई मध्यनजर गर्दै आफु मताहतका सवै पसलहरु  चैत २१ गतेसम्म ज्वेलरी पसल बन्द गर्ने निर्णय गरेको छ । महासचिव कृष्णलाल महर्जनद्धारा चैत २१ गतेपछि भने अवस्था हेरर निर्णय लिइने विशेष अनुरोध पत्रमा जनाइएको छ । रुपन्देही सुनचाँदी व्यवसायी संघले भने चैत ९ गते देखि पसल बन्द गरी कोराना भाईरसबाट सुरक्षित रहन अनुरोध गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले पसल स्वेच्छीक पसल बन्द गर्न अनुरोध गर्ने र रत्न आभूषणले बन्द गर्न आग्रह गरेता पनि उपत्यका भने पसलहरु एकाध बाहेक खुलीरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्