काठमाडौं सुनचाँदीका व्यवसायीबाट सहयोग हस्तान्तरण

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघमा आवद्ध सुनचाँदी व्यवसायीहरुको सक्रियतामा काठमाडौंका विभिन्न आश्रमहरुमा सहयोग हस्तान्तरण गरिएको छ । सोमवार जनआन्दोलन २०४६ सालको स्मरणमा सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईको आश्रम’ लाई सहयोग प्रदान गरिएको छ । यसैगरी सोमवारनै नैकापस्थित बालगृहलाई पनि आवश्यक सहयोग सामाग्री प्रदान गरिएको छ ।

काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यका अनुसार काठमाडौं उपत्यकाको चावहिल, न्युरोड, बालाजु, किर्तिपुर (चन्द्रागिरी) लगायतका क्षेत्रमा करिव एक सय जना सुनचाँदी ब्यवसायीहरुको पहलमा कोराना महामारीको त्रासको बेला सहयोग उपलब्ध गराइएको हो । कृष्णप्रसाद भट्टराई आश्रममा खाद्यान्न, लत्ताकपडा, फलफूल, औषधोपचारको सामाग्री, मास्क, स्यानिटाइजर, फिनेल लगायतका सामाग्री उपलब्ध गराईएको छ । यसैगरी नैकापस्थित बालगृहमा पनि सोही प्रकृतिको आवश्यक सामाग्री प्रदान गरिएको छ ।   सो अवसरमा लौहपुरुष गणेशमान सिंहकी वुहारी सृजना सिंह, काठमाडौं महानगरपालिकाकी उपमेयर हरीप्रभा खड्की,नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्