आफै डाडुपन्यू लिएर पैदलयात्रीलाई खुवाउँदै विपिन रामुदामु

मुखमा मास्क लगाएपछि तल झरेको जुँगा चुस्स देखिने एक व्यक्ति नारायणगढको उद्योग वाणिज्य संघको परिसरमा दिन रात डाडुपन्यू हातमा लिएर उभिरहेको देख्न सक्र्छौ । कोरोना भाइरसबाट जोगिन घर फर्किन नारायणगढ भएर भोक प्यास नभिनी हिड्ने पैदलयात्रीहरुलाई बोलाउँदै खाना खुवाउने व्यक्ति अरु कोही नभएर सुनचाँदी क्षेत्रकै एक समाजसेवी मन भएका नारायणगढ घर भएका व्यक्ति विपिन रामुदामु हुनुहुन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका युवा व्यवसायी विपिन रामुदामु अहिले इतिहाँसमै सवैभन्दा ठूलो विपतमा परेको बेला मानवसेवा गर्नुनै व्यवसायीको सवै भन्दा ठूलो धर्म हो भन्दैं सवैलाई यो पूण्यकर्ममा जुट्न आहवान समेत गर्नुभएको छ । चितवन सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष समेत रहनुभएका रामुदामुले चितवनका सुनचाँदी व्यवसायी र सुनचाँदी साकोसको तर्फबाट भोकप्यासले आकुलव्याकुल भएर हिडेका पैदलयात्रीहरुलाई अन्नपानी वितरण गर्न समन्वयकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।

“कोरानोका कारण मानवजातिकै जीवनमा प्रश्न उठिरहेको यो सन्दर्भमा भोकप्यासले अत्तालिएर सयौ किलोमिटर पैदलयात्रा हिडेर पट्पटी पाइताला फुटेको निमुखाहरुको पिडा हामीले टुलुटुलु हेरर बस्न सकेनौं अनि म पनि योबेला व्यवसायीले मानवधर्म नगरे कहिले गर्ने भन्ने भनेर भोजन खुवाउने कार्यमा जुटेकोे हुँ”व्यवसायी रामुदामुले आभूषण बजार पत्रिकालाई बताउनुभयो ।

यतिबेला लामो लकडाउनका कारण सवै व्यवसाय ठप्प रहेको छ । आँफु बाँचे र अरुलाईनी बचाउन सके व्यापार जहिले पनि गरौला,तर यो बेला व्यवसायीले मन फुकाएर धर्म गर्ने बेला आएकाले चितवनका सुनचाँदी व्यवसायी देखि सवै क्षेत्रले खाना खुवाउनको लागि सहयोग गरेको देख्दा आफुँ निकै खुशी र सन्तुष्टी भएको रामुदामुको भनाई छ ।

कोरानाको महाविपत्तिमा मात्र होइन अन्य जुनसुकै बेलामा समाजसेवी र परोपकारी कार्यमा चितवनमा सवैभन्दा पहिला पछिल्लो समयमा विपिन रामुदामुलाईनै सम्झने गरिन्छ । सवैसँग समन्वय गर्न सक्नै सवैलाई सहमतिमा ल्याउन सक्ने खुबी भएकाले पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि भावि दिनमा निकै आस गरेको व्यक्तिको रुपमा विपिन रामुदामुको नाम अग्रणी आउने गर्दछ । सुनचाँदी क्षेत्रको इज्जत र साखलाईनै उच्च बनाउने हिसावबाट युवा व्यवसायी विपिन रामुदामुले पैदलयात्रीलाई अन्नपानी दिलाउन रातदिन फिल्डमा खटिनु यसै जोखिम त छनै तैपनि ज्यानको प्रवाह नगरी यसरी खटीनुलाई सुनचाँदी क्षेत्रको प्रतिनिधित्वको हिसावबाट समाजमा उदाहरणीय कामको रुपमा समेत हेरिएको छ ।

कोरोनाको कहरलाई पन्छाउँदै सिंगो सुनचाँदी व्यवसायीहरु एक भएर नयाँ सिराबाट व्यवसायी थाल्नु अहिलेको चुनौति भएको यो सन्दर्भमा विपिन रामुदामुले थालेको यो अभियानले पक्कै पनि सुनचाँदी क्षेत्रको तर्फबाट समाजसेवाको क्षेत्रमा गरिएको यो योगदानलाई राज्य र समाजले उच्चरुपमा मूल्यांकन गर्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्