ज्वेल्स् वचत ललितपुरबाट रक्तदान हुँदै

ज्वेल्स् बचत तथा ऋण सहकारी संस्था ललितपुरको आयोजनामा भोली शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

विश्वव्यापी कोरोना भाईरसको प्रभावको बेला सरकारले घोषणा गरेको लकडाउनमा रगतको अभाव हुन नदिनको लागि ज्वेल्स्को तर्फबाट रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव सुविन बज्राचार्यले बताउनुभयो । लकडाउनको नियम पालाना गरेर सामाजिक दुरी कायम गरी सुरक्षित तरिकाबाट रक्तदान कार्यक्रम आयोजना गरिएकाले ललितपुरका सुनचाँदी व्यवसायी लगायत सवैलाई रक्तदान गर्नुहुन संस्थाले अनुरोध गरेको छ ।

ललितपुरका सुनचाँदी व्यवसायीहरुबाट संचालित ज्वेल्स् बचत तथा ऋण सहकारी संस्थाले व्यवसायीहरुलाई सेवा सुविधाका अतिरिक्त संकटको घडीमा रक्तदान लगायतका विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्