सुनचाँदीमा मासीक ५ अर्ब दुईलाखको रोजगारी गुम्यो

काठमाडौं । लकडाउनको एक महिनामा सुनचाँदी व्यवसायमा ५ अर्ब नोक्सान परेको व्यवसायीहरूले बताएका छन् । सुनचाँदी व्यवसायमा वार्षिक ६० अर्बको कारोबार हुने गरेको सुनचाँदी व्यवसायीहरूले बताएका छन् । इतिहासमै पहिलो पटक यसरी सुन बजारमात्र नभइ आर्थिक कारोबारमै नकारात्मक असर परेको उनीहरूको भनाइ छ ।

लकडाउन एक महिनाको यो अवधिमा ५ अर्ब रुपैयाँको नोक्सान र करिब दुई लाखभन्दा बढीको रोजगारी गुमेको छ । यतिमात्र होइन मासिक करिब २० करोडको राजस्व मात्रै गुमेको पनि व्यवसायीहरूले बताएका छन् ।  नेपाल सुनचाँदी व्यवसायी महासंघमा वरिष्ठ सदस्य तेजरत्न शाक्यले लकडाउनको यो अवधिमा ५ अर्ब रुपैयाँको नोक्सान भएको बताए । ‘यसले व्यवसायीलाई मात्र असर पारेको छैन, सरकारको राजस्व समेत गुमेको छ,’ उनले भने ‘अर्को्तिर ठूलो जनशक्ति रोजगारी विहिन भएका छन् । एक महिनामै सरकारले करिब साढे १९ करोड राजस्व गुमेको छ ।’

बन्दाबन्दीले सरकारी राजस्वदेखि रोजगारीसम्म गुमेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । रिद्धी सिद्धी ज्वेलर्सका प्रवन्धक नरेन्द्र गुप्ताले बन्दाबन्दीको यो बेला अर्थतन्त्रलगायतका रोजगारीमा पनि ठूलो असर परेको बताए । ‘अहिले देखिएको समस्या पछि हुने सक्ने अवसरका वारेमा हामी व्यवसायीबीच छलफल भइरहेको छ,’ उनले भने ‘हामी अहिले गालिगढहरूलाई राहत बाड्ने तयारीमा छौं ।’ भोलि शुक्रबारसम्म जिल्ला व्यापी रुपमा समस्या पहिचान गरेर आइतबारदेखि राहत बाड्ने छौं ।

‘बन्दाबन्दीको कारण कतिपय जिल्लाका कालिगढले खाद्यान्न नभएको गुनासो गरेका छन्,’ महर्जनले भने ‘हामी दुबै व्यवसायी महासंघ मिलेर साझा एजेन्डा बनाएर अघि बढ्दै छौं ।’ यसको असर अर्थतन्त्रमा अझ गहिरो रुपमा पर्ने देखिएको छ । कारोबार बन्द हुँदा सरकारको राजस्व समेत गुमेको छ ।

सरकारले हाल प्रतिदश ग्राम ६ हजार ५ सय अर्थात प्रतितोला ७ हजार ५ सय ८१ रुपैयाँको दरले राजस्व लिने गरेको छ । सो अनुसार एक किलो ६ लाख ५० हजार राजस्व उठ्ने उनले बताए । अहिले सरकारले निर्धारण गरेको दैनिक कोटा १० किलो दरले हिसाव गर्दा पनि सरकारको चैत महिनामात्रै १९ करोड ५० लाख राजस्व गुमेको शाक्यले बताए ।

‘लकडाउनले नेपाली अर्थतन्त्र एकदम पछि धकेलिएको छ,’ उनले भने ‘चैत ११ देखि हामीले पनि सुनचाँदीको मूल्य  पनि तोेकेनौ ।’ सुनचाँदी व्यवसायीका लागि फागुन र वैशाख सबैभन्दा बढी कारोबार हुने महिना हो । अहिले दिनकै ५० देखि ६० किलोसम्म सुन बिक्री हुने गरेको शाक्यले बताए । यस वर्ष बजार ठप्प छ, यो एक महिनाको अवधिमा १३ दिनको कार्यको लागि दुईजना ग्राहकले सुन खरिद गरेका छन्,’ यस्तै अप्ठ्यारो परेको बाहेक काम भएको छैन ।’

बरु अहिले सुन किन्ने होइन बेच्न चाहने भने धेरै रहेको उनले बताए । अप्ठ्यारो पर्यो सुन बिक्री गर्न पाए हुन्थ्यो भनेर फोन आइरहेको छ । यस विषयमा के गर्ने भनेर हामीले छलफल गरिरहेका छौं ।’ व्यापार बन्द हुँदा कर्मचारीलाई तलब दिन पनि गाह्रो भएको उनले बताए । चैत महिनाकै तलब कतिपयले दिएका छन् भने कतिले दिन सकेका छैनन,’ अझै धेरै व्यवसायीले तलब दिन सकेका छैनन् ।’ स्टाफहरूले तलब चाहियो भनिरहेका छन् । चैत महिनाको तलब पेश्की रुपमा दिइएको छ ।

खाँचो नै भयो भन्नेलाई अलिअलि दिएको छ । रिद्धी सिद्धी ज्वेलर्सका प्रवन्धक नरेन्द्र गुप्ताले बन्दाबन्दीको यो आफ्ना स्टाफलाई समयमै तलब दिएको र अबका दिनमा पनि दिने बताए । सरकारले एक वर्षसम्म लकडाउन गरेपनि म जसरी पनि तलब दिन्छु,’ गुप्ताले भने ‘स्टाफ भनेको मेरै घरको सदस्य हुन् ।’ म मेरा स्टाफलाई जस्तो पनि सहयोग गर्न तयार छु ।’

२ लाख १० हजारको रोजगारी गुम्यो

हाल सुनचाँदी व्यवसायमा करिब २ लाख कालिगढले काम गर्दै आएका थिए । सो कालिगढमध्य ७५ प्रतिशत भारतिय हुन् । यस वाहेक देशभरि सञ्चालित करिब २२ हजार सुन पसलमा कम्तीमा १० हजारको रोजगारी गुमेको छ । कालिगढ बाहेक नै सुन पसलमा काम गर्ने स्टाफलाई मात्र प्रति स्टाफको २० हजारको दरले मासिक २० करोड रुपैयाँको रोजगारी गुमेको छ,’ उनले थपे ‘रोजगारी गुम्दा आयकरमा समेत यसको असर पर्ने देखिएको छ ।’

विश्व भरि लकडाउनको यो अवस्थामा व्यवसायीको हिसावले मुनाफा नभएपनि  यतिलाई नोक्सान भन्न नमिल्ने गुप्ताले बताए । महिना १२र१३ लाख नोक्सान व्यहोर्नुपर्ने हुन्छ,’ उनले भने ‘नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग राखेको ५० प्रतिशत तलब कटौतीको माग हाम्रो सहमति छैन ।’ पुरा तबल दिन्छु ।’

अप्ठ्यारो बेलामा म मेरा अन्नदातालाई धोका दिन सक्दिन । रिद्धी सिद्धी ज्वलेर्समा करिब ३५० जना कालिगढ छन् । कतिपय भारतीय कालिगढ स्वदेश फर्किएका छन् भने यहाँ भएकालाई हामीले हेरिरहेका छौं,’ उनले भने ।  साभारःआर्थिक न्यूज

प्रतिक्रिया दिनुहोस्