काठमाडौंमा सुनचाँदी कालिगढलाई राहत वितरण

काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघ काठमाडौंले सोमवार सुनचाँदी कालिगढहरुलाई राहत वितरण गरेको छ ।

लामो लकडाउनका कारण समस्यामा परेका विदेशी तथा नेपाली कालिगहरुको परिवारलाई राहतस्वरुप विभिन्न खाद्यान्न वितरण गरेको हो । सुनचाँदी क्षेत्रमा रोजगार गर्दै आईरहेका कालिगढहरु बन्दाबन्दीले समस्यामा परेकाले आफुहरुले कालिगढका परिवारहरुलाई राहत वितरण गरेको नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका अध्यक्ष अर्जून विश्वकर्माले आभूषण बजार पत्रिकालाई बताउनुभयो ।

राहत स्वरुप प्रति ४ जना परिवार बराबर चामल १२ केजी,दाल २ केजी,आलु १ धार्नी,तेल १ लिटर,नुन १ केजी,र साबुन लगाएतको खाद्यान्न वितरण गरिएको हो । राहत कार्यक्रममा  नेपाल सुनचाँदी  कला ब्यवसायी संघ केन्द्रीय कार्यलय मैतीदेबिले कालिगढहरुको अपील पत्रलाई उच्च प्राथमिकता दिदैं संघलाई रु ७५ हजार प्रदान गरेको थियो ।  सो रकम संघका कोषाध्यक्ष सुमन लामिछानेले उपलब्ध गराउनुभएको थियो ।  यसैगरी राहत उपलब्ध गराउन गोल्ड एण्ड सिल्भर हाउस न्युरोड प्युखा बाट २५,०००, निलम गहना न्युरोडबाट १५,०००, श्री ओम ज्वलर्स बिशाल बजार बाट  १५,००० र सालिमार ज्वलर्स बिशाल बजार बाट  १०,००० र लालीगुरास ज्वलर्स बाट  १०,००० रकम संकलन गरिएको थियो । नगद संकलन र राहत वितरणमा कालिगढ संघका अध्यक्ष अर्जून विश्वकर्मा,संरक्षक तिलक बिश्वकर्मा, महासचिब रमेशकुमार बिश्वकर्मा,सचिब हरीबहादुर बिश्वकर्मा र कोषाध्यक्ष बिक्रम लकान्द्रीको सक्रिय उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्