ललितपुर सुनचाँदीबाट दुईसय कालिगढलाई राहत वितरण

ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघले कोराना भाईरसविरुद्धको लडाईमा सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका सुनचाँदी कालिगढहरुलाई राहत वितरण गरेको छ ।

ललितपुर क्षेत्रमा रहेर काम गर्दै आईरहेका २०० जना भारतीय कालिगढहरुलाई राहत वितरण गरिएको ललितपुर सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष किरणभाई बज्रचार्यले आभूषण बजार पत्रिकालाई बताउनुभयो । चपेटामा परेका भारतीय कालिगढलाई राहत वितरण पछि थप जानकारी लिएर समस्यामा परेका नेपाली कालिगढ र कलाकारहरुलाई समेत राहत वितरण गरिने बज्रचार्यले बताउनुभयो ।

सो अवसरमा कालिगढहरुलाई पाँच केजी चामल,दाल एक केजी,चिनी एक केजी,आटा ३ केजी,आयो नुन र तेल वितरण गरिएको थियो । ललितपुरको हःखामा आयोजना गरिएको राहत वितरण कार्यक्रममा संघका अध्यक्ष रमेशबहादुर शाक्य लगायतका पदाधिकारीहरुको सक्रिय उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्