बुटवल सुनचाँदीबाट एक करोड ९३ लाखको कोराना विमा

बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघले आफ्ना सदस्यहरुको कोरोना विमा गरेको छ ।

विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको विरुद्ध व्यवसायीहरुको सुरक्षाको लागि  १९३ व्यवसायीहरुको कोरोना विमा गरिएको वुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिपक विश्वकर्माले आभूषण बजार पत्रिकालाई बताउनुभयो । शिखर इन्सोरेन्स मार्फत गरिएको कोरोना विमामा यदि व्यवसायीहरुलाई पिसिआर चेकजाँचबाट कोराना पुष्टी भएमा १ लाख नगद प्रदान गरिने बताइएको छ । विश्वव्यापी कोरोनाले सुनचाँदी व्यवसायी समेत भोलीको दिनमा जोखिममा पर्ने भएकाले आवश्यक सर्तकता र सचेत भएर कारोवार गर्नुपर्ने संघका अध्यक्ष विश्वकर्माले बताउनुभयो । संघले यस अघि कालिगढहरुलाई समेत राहत वितरण गर्नुका साथै व्यवसायिक हकहितको लागि अग्रपंक्तीमा रहेर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्