चोरीको अनुसन्धानको लागि लामिछानेलाई कैलाली प्रहरी बुझाउने तयारीःडिआईजी राई

प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डिआईजी टेकप्रसाद राईले चोरीको अनुसन्धानको लागि नियन्त्रणमा रहेका सन्तोष लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी भइरहेको बताउनुभएको छ ।

आभुषण पत्रिका सँग कुराकानी गर्दै डिआईजी राई भन्नुभयो कैलाली प्रहरीले चोरीको अनुसन्धानमा रहेका लामिछाने मुम्वई जादै छ भन्ने सुचना दिएकाले विमानस्थलबाट नियन्त्रणमा लिएको बताउनुभयो । लामिछाने श्रीमतीलाई भने पक्राउ नगरिएको राईको भनाई छ । पक्राउ परेका लामिछानेलाई गौशला प्रहरीमा राखिएको डिआईजी राईको भनाई छ । टिआईएको प्रक्रिया पुरा गरे नियन्त्रणमा लिइएको डिआईजी राईले बताउनुभयो । विभिन्न राष्ट्रिय मिडियामा आंतकवादीको आंशका लगायत भनेर आएका समाचार लेख्दा सत्यता नबुझीकन आएको डिआईजी राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्