लामिछाने प्रक्राउ प्रकरणको नालीवेली, महासंघ र एसपी राठोरले के भने ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशका सभापति तथा सौगात ज्वेलर्सका संचालक सन्तोष लामिछानेलाई मुम्वई ज्वलेरी मेलामा जाने बेलामा त्रिभुवन विमानस्थलमा नियन्त्रण्मा लिएको सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघ र जिल्ला प्रहरी कार्यालयका एसपी सोमेन्द्र सिहं राठोरले मुख खोलेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले घटनाको सम्बन्धमा महासंघले बुझ्ने कार्य भइरहेको बताउनुभएको छ । राष्ट्रिय मिडियाहरुमा आंतकवादीको आंशकामा नियन्त्रण भन्ने शब्द प्रयोग गरिएकोमा महासंघको आपत्ती रहेको शाक्यले बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहद्धारा जारी विज्ञप्तीमा पनि आंतकवादीको आंशका भनेर नियन्त्रणमा लिइएकोमा घोर भत्र्सना गरिएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय,परिवार,महासंघको सुदुर पश्चिम प्रदेशसँग घटनाको यथार्थ विषयमा बुझ्ने कार्य गर्ने र त्यसपछि आवश्यक प्रक्रिया अघि बढाउने कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एससी सोमेन्द्र सिंह राठोरले सुनचाँदी व्यवसायी सन्तोष लामिछानेलाई अनुसन्धानको लागि काठमाडौंबाट कैलाली ल्याएको जानकारी दिनुभयो । चोरीको सुन धेरै परिणाममा र धेरै ठाउको निजको पसलमा आएको भन्ने उजुरी प्राप्त भएको र लामिछाने सहित अरु पनि जोडिएको हुने देखिएकाले अहिले अनुसन्धान भइरहेको बताउनुभयो । उजुरी कसले ग¥यो भन्ने प्रश्न गर्दा उहाँले अनुसन्धानमा रहेकाले सवै कुरा खोल्न नमिल्ने एसपी राठोरले बताउनुभयो । भारतमा चोरी भएको सुन समेतलाई मध्यनजर गरेर अनुसन्धान भइरहेको राठोरको भनाई छ । भारतको पन्जावमा दुई महिना अघि  १० केजी भन्दा वढी सुन पसलबाट लुटिएको र सो लुटिएको सुनको केही भाग नेपालमा आएको देखिएकाले यस घटनालाई पनि जोडेर प्रहरीले अनुसन्धान गरेको जानकारीमा आएको छ ।

किन व्यवसायीलाई आंतकवादीको आंशका भन्ने ट्याग झुण्डाईयो ?

मुम्वईमा आयोजना गरिएको ज्वेलरी मेलामा सहभागी हुन नेपाल सुनचाँदी व्यवसायी महासंघको ३९ जना टोली नेपाल एयरलाईयन्सको न्यारो वडीको जहाजमा सन्तोष लामिछाने सहित उनको श्रीमती र अरु यात्रुहरु भित्र पसीसकेका थिए ।

जहाज उड्ने तरखरमा रहेको वेला एक्कासी आंतकवादी रहेको आंशका भन्ने सुचनाको आधारमा सिविआईले सवै यात्रुलाई ओरालेर लामिछानेलाई नियन्त्रणमा लियो । साथमा श्रीमती मीना लामिछाने पनि श्रीमानलाई नियन्त्रणमा लिएपछि मुम्वई नजाने निधो भयो । मूल कुरा सामाजिक संन्जालमा मुम्वई जाँदै भनेर फोटोे पोस्ट भएपछि कैलाली प्रहरीले यस अघिनै शुक्ष्म अध्ययनमा घेरामा राखेको सन्तोष लामिछानेलाई नियन्त्रणमा लिने उपयुक्त मौका हेरेर बसेकोमा सहि समय ठानेर हेडक्वाटर बाट समन्वय गरेको जानकारीमा आएको छ । प्रहरीले उड्न लागेको जहाज रोक्न नसक्ने भएपछि र प्रहरीको कावु भन्दा वाहिर रहेपछि गृहमन्त्रालयलाई गुहार्न पुग्यो । गृहमन्त्रालयले जघन्य अपराध नतोकि जहाज रोक्न नमिल्ने भएपछि टिआईएलाई दुई जना आंतकवादी रहेको आंशका भनेर सुचना सुर्कलर गरेपछि वल्ल जहाज राकिएको जानकारीमा आएको छ । गृह मन्त्रालयको सोही सुचनालाई मध्यनजर गरेर राष्ट्रिय मिडियाहरुले समेत खबर सम्प्रेषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्