न्युरोडमा कोराना सुरक्षा सामाग्री सहित पसल संचालन

काठमाडौंको मूख्य व्यापारिक क्षेत्र न्यूरोडमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सर्तकता सहित सुनचाँदी पसलहरु संचालनमा आएका छन् ।

सुरक्षा सर्तकतासँगै सुनचाँदी पसलहरुमा चाडवाडको समयमा ग्राहकहरु पनि विशेष सावधानीका साथ आउन थालेको पसल संचालकहरुको भनाई छ । यद्यपी कोरानाको त्रासका कारण ग्राहकहरु पनि न्यूनरुपमा आएकाले व्यापार व्यवसाय खासै हुन नसकेको ज्वेलर्स संचालकहरुको भनाई छ ।

न्यूरोडका रिद्धिसिद्धि,सालिमार,जयमाता दि,सगुन, लगायतका ज्वेलर्समा यतिबेला ग्राहकहरुको चहलपहल निकै हुनेगर्दथ्यो तर कोरोना त्रासका कारण अहिले भने ग्राहकहरु न्यून रुपमा आउने गरेको देखिन्छ । यद्यपी पसलमा संचालक तथा कर्मचारीहरु कोरानाबाट जोगिने मास्क,पन्जा,सेनिटाईजर लगायतका आवश्यक वस्तुहरु लगाएर सावधानीका साथ काम गरिरहेका छन् । ज्वेलर्स पसलहरुमा ग्राहकको स्वास्थ्यलाई ख्याल गरी विशेष सावधानीका साथ गहना किनवेचको काम भइरहेको व्यवसायीहरुको भनाई छ । अन्य पसलको तुलनामा सुनचाँदी पसलहरुमा कोरोनासँग जोगिन विशेष सावधानी अपनाइएकाले ग्राहकहरु पनि आउनेक्रम सुरु भएको पसलहरुको भनाई छ । यद्यपी विगतको तुलनामा यसवर्ष भने कारोवार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्