बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य सर्वसम्मती हुने

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशमा मकवानपुरका वरिष्ठ सुनचाँदी व्यवसायी ज्योतिरत्न बज्राचार्यको नाम सर्वसम्मती हुने देखिएको छ ।

सहमतीको लागि नेपाल सुनचाँदी व्यवसायी महासंघमा विहिवार भएको छलफलमा ज्योतिरत्न बज्राचार्यको नाममा सहमती जुटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका कोषाध्यक्ष तथा काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले आभूषण बजार पत्रिकालाई जानकारी दिनुभयो । यसैगरी उपसभापतिमा चितवनबाट टेकबहादुर विश्वकर्मा, उपसभापतिमा नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रबाट रत्नसुन्दर शाक्य,सचिवमा काठमाडौंबाट रोहिना शाक्य,कोषाध्यक्षमा ललितपुरबाट रमेशबहादुर शाक्य,सह–सचिवमा भक्तपुरबाट दिवश शाक्य र सह–कोषाध्यक्षमा काभ्रेबाट उमेश शाक्य सर्वसम्मती हुने देखिएको छ । यसैगरी सदस्यहरु पनि केही दिनमा टुंगो लाग्ने शाक्यले बताउनुभयो । सदस्यहरुमा वस्तुगत,एशोसियटबाट पनि सदस्य चयन हुनेछन् । सुनचाँदी महासंघ बागमती प्रदेशको सभापतिमा आफुलाई सवैले योग्य सम्झेकोमा ज्योतिरत्न बज्राचार्यले आभूषण बजार पत्रिकासँग कुरा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

बागमती प्रदेशमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १० वटा संगठनहरु क्रियासिल रहेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश कमिटीको अधिवेशन असोज १२ गते हुँदैछ । अधिवेशन केही प्रदेशमा सर्वसम्मती त केही प्रदेशमा चुनाव हुने संकेत देखिएको छ । प्रदेश १ मा सभापतिमा मोहनकाजी शाक्य र राजु धमला उम्मेद्वार बन्ने स्थिती आएको छ भने प्रदेश दुईमा शिवकुमार सर्राफ र रामजी साहवीच प्रतिस्पर्धा हुनेछ । प्रदेश ५ मा पनि सभापतिको लागि सहमति हुन सकेको छैन । प्रदेश ५ मा बुद्धिबहादुर गहतराज र चन्द्रकिशोर गौतमको पनि दाबी रहेको बुझिएको छ भने प्रदेश ५ पनि सहमतीमा जान सक्ने बुझीएको छ । कर्णाली प्रदेश र प्रदेश ६ पनि सहमतीमा हुन सक्ने स्थिती देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशन असोज २५ र २६ गतेका लागि तोकिएको छ । विगतमा भएको सहमतीमा धोखा नभए माणिकरत्न शाक्य आगामी अध्यक्ष हुनेछन् । यद्यपी वर्तमान अध्यक्ष मोहन विश्वकर्माले भने केही अत्तो थाप्न सक्ने संकेतहरु पनि देखिन थालेका छन् । तेस्रो महाधिवेशनको लागि तयारीको लागि वर्तमान अध्यक्ष विश्वकर्माले जुन ढंगबाट कार्यसम्पादनमा सहयोग गर्नुपर्ने हो त्यसमा आलटाल गरिरहेको र महाधिवेशन सार्ने दाउमा रहेको महासंघका जिम्मेवार पदाधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्