सुनचाँदी महासंघ प्रदेश–५ मा बुद्धि दियाली निर्विरोध

नेपाल सुनचाँदी महासंघ प्रदेश ५ को मिति २०७७ असोज १२ गते सोमवार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले बुद्धि दियालीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी चयन गरेको हो । सर्वसम्मत हुनेहरुमा उपसभापतिमा विक्रमबहादुर सुनार,उपसभापतिमै गोपालबहादुर सुनार,सचिव डिलबहादुर सुनार,सह–सचिव हरिबहादुर सुनार,कोषाध्यक्ष संजय सोनी,सह–कोषाध्यक्ष राजकुमार विश्वकर्मा र सदस्यहरुमा विनोदकुमार वि.क.,नित्यानन्द वर्मा,प्रेमकुमार स्वर्णकार,अर्जून सुनार,मदन के.सी.,हिमांषु वैश्य,अम्मरबहादुर सुनार र टोपेन्द्र वराली रहनुभएको छ ।

को हुनुहुन्छ बुद्धि दियाली

मध्यपश्चिमका शालिन र बौद्धिक गहना व्यवसायीको पंक्तीमा बुद्धिबहादुर वि.के.को नाम पनि अग्रपंक्तीमा रहेको छ । पिता कुलबहादुर सुनार र माता जौमायाँ सुनारको कोखबाट २०२७ साल भाद्र ९ गते कास्की पुम्दीभुम्दी गाविसमा जन्मनुभएका वि.के.किशोर अवस्थादेखिनै सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय व्यक्तित्व हुनुहुन्छ । दियालीले न्यू दियाली सुनचाँदी पसल घरवारीटोली नेपालगञ्जमा संचालन गर्दै आउनुभएको छ ।

यस अघि पनि दियाली नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोस्रो महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका थियो । सालिन र कुनैपनि विषयवस्तुमा तार्किक कुरा गर्न क्षमता राख्नुहुने दियाली आगामी दिनमा महासंघलाई केही गर्न सक्ने संम्भावाना बोकेको व्यक्तित्व समेत हुनुहुन्छ ।

सुनचाँदी व्यवसायिक संगठनमा २०५२ सालदेखिनै क्रियाशिल दियाली बाँके सुनचाँदी तथा गहना व्यवसायी संघको कार्यकारणी सदस्य हुँदै दुईपटक सम्म सचिवको जिम्मेवारी, विशिष्ट सदस्य र तत्कालिन नेपाल सुनचाँदी व्यवसायी सघ केन्द्र हुँदाको अवस्थामा क्षेत्रीय उपाध्यक्षको भूमिका र बाँके सुनचाँदी व्यवसायी संघको अध्यक्षको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ ।  विगतमा मध्यपश्चिममा ६ वटा भन्दा वढी जिल्लामा दियाली आफैं सक्रिय भएर महासंघको संरचना बनाउने कार्यमा लागिपरेको व्यक्ति हुनुहुन्छ ।

मुलुक संघीय शासन गएको अवस्थामा नेपाल सुनचाँदी व्यवसायी महासंघले समेत प्रादेशिक संरचनाहरुको निर्माण गरिरहेको अवस्थामा प्रदेश ५ बाट बुद्धि दियाली सर्वसम्मत हुनुभएको हो । सुनचाँदी बजारलाई विकास गर्दै मर्यादित र व्यवस्थित गराउन प्रदेश ५ को सरकारसँग समन्वय गरेर नीति नियम निर्माण गर्न दियालीको विशेष भूमिका रहेको छ । व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर आम व्यवसायीको हितको लागि दियालीले आगामी दिनमा भूमिका सवैको विश्वास रहेको छ । सुनचाँदी महासंघ प्रदेश ५ का अध्यक्ष बुद्धि दियालीको कार्यकाल सफल होस् अग्रिम बधाई तथा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्