सुनचाँदी चितवन नारायणढका व्यवसायी भित्रै सिमितः सन्जिप सेन्चुरी

चितवन,असोज । पश्चिम चितवन सुनचाँदी व्यवसायी संघका सचिव सन्जिप सेन्चुरीले चितवन सुनचाँदी व्यवसायी संघको नेतृत्वले जिल्ला भित्रका शाखाहरुलाई वेवास्ता गर्दै मनोमानीरुपमा चलेको आरोप लगाउनुभएको छ ।

आभूषण बजार पत्रिकासँग कुराकानी गर्दै सेन्चुरीले महासंघको प्रदेश ३ को निर्वाचन हुँदैछ भन्ने विषयमा पनि कुनै सुचना नगरी नारायणगढका सिमित व्यक्तिहरुमात्रै प्रतिनिधि बनेर गएको भन्दैं दुःख व्यक्त गर्नुभयो । जिल्ला संघका अध्यक्ष टेकबहादुर विश्वकर्मा उपसभापति बन्नुभयो भन्ने कुरा फेसबुकमा आएपछि मात्रै थाहा पाइयो,पढलेखेका विधिविधान जानेको अध्यक्षबाटै जिल्ला भित्रका शाखाहरुलाई वेवास्ता गर्ने भएपछि अरुबाट के आश भयो सचिव सेन्चुरीले दुःख पोख्नुभयो ।

पश्चिम चितवनका १४ वटा वडामा १५० भन्दा बढीको संख्या व्यवसायी रहेकोमा प्रदेश निर्वाचनको क्रममा कसैलाई पनि प्रतिनिधि नबनाइनुले चितवन सुनचाँदी व्यवसायी संघ भनेको पैसा हुने र नारायणगढ बजार भित्र व्यवसाय गरेको हुनुपर्ने आफुहरुलाई भान भएको सेन्चुरीको भनाई  छ । विपिन रामुदामु,जीवनज्योति सदाशंकर अहिले टेकबहादुर विश्वकर्मा अध्यक्ष हुँदा सम्म हामीले नेतृत्वमा पुग्नसक्ने अधिकार हामीलाई पनि दिनुपर्छ भनेर आवाज उठायौ तर कुनै सुनुवाई नभएको भन्दैं यस विषयमा जिल्ला भित्रका शाखाहरुको निकै पिडा रहेको सेन्चुरीको भनाई छ । असोज १२ गते प्रदेश अधिवेशन हुँदैछ भनेर पनि थाहा नदिनुले जिल्ला संघ नारायगढका मात्र व्यवसायीहरुको हो जस्तो सवैलाई भान परेकाले यस विषयमा जिल्ला शाखाहरुसँग थप छलफल गरेर अघि बढ्ने सेन्चुरीको भनाई छ ।

स्मरण रहोस् विगतमा पनि जिल्ला शाखाहरुलाई वेवास्ता गरेकै कारण पूर्वी चितवनमा पूर्वी  चितवनका सुनचाँदी व्यवसायीहरु फुटेर रत्न आभूषण महासंघमा आवद्ध भएका थिए । पढेलेखेका बुद्धिजिवि भनिएर चिनिएका सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्माले पनि व्यवसायीहरुलाई समान अधिकार नदिने नारायणगढकै पुँजीपति व्यवसायीहरुको स्वार्थ अनुकुल लम्पसार पर्ने प्रवृत्ति देखिएपछि उनीबाट समेत कुनै आशा गर्ने ठाउँ नदेखिएको चितवनका धेरै व्यवसायीहरुले गुनासो व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्