प्रदेश–२ मा शिव सर्राफनै सभापति ः माणिकरत्न शाक्य

काठमाडौं । असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले चुनावी प्रक्रियागत हिसावबाट प्रदेश नम्बर २ मा शिवकुमार सर्राफको सभापतित्वमै महासंघको कार्यसम्पादन गरिने बताउनुभएको छ ।

आभूषण बजार पत्रिकासँग कुराकानी गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष शाक्यले चुनावी प्रक्रियाबाट शिवकुमार सर्राफकै प्यानलको विजयी भएको बताउनुभयो । चुनावको क्रममा दुईपक्षबाट विवाद उत्पन्न भएको कुरालाई मध्यनजर गर्दै महासंघले छानविन समिति बनाएकाले १५ दिनभित्र प्रदेश २ मा व्यवसायीको एकतालाई अझ कसरी मजबुत पार्न सकिन्छ त्यो विषयमा रिपोर्ट र सुझाव आउने बताउनुभयो । प्रदेश–२ मा केही तत्काबाट राजनीति पहुँच पावर हावी हुनुका साथै दुई पक्षवीच चुनावी प्रतिस्पर्धाका क्रममा जुँगाको लडाई देखिएको समेत शाक्यले बताउनुभयो । असोज १२ गते शिवकुमारको प्यानल विजयी भईसकेपछि रामजी साहको प्यानलले रिपोर्टस क्लव पर्सामा गएर आफुहरु विजयी भएको भनेर पत्रकारसम्मेलन गरेर सार्वजनिक गर्नु,निर्वाचन अधिकृत तोक्नु त्यो तिथिमितिको हिसावबाट पनि प्रक्रियागत नभएको शाक्यको भनाई छ । अधिवेशन सम्पन्न गर्न महासंघले शिवकुमार सर्राफ संयोजक भएकाले सोही अनुरुप अख्तियार दिएकाले पनि क्षेत्राधिकार भन्दा वाहिर गएर रामजी साहले निर्वाचन अधिकृत तोक्नु र आफुलाई विजय घोषणा गर्नु युक्तिसंगत नभएको शाक्यको ठम्माई छ ।

“विवाद आएका छन् नितान्त जुँगाको लडाई हो ,महासंघ प्रदेश नम्बर २ मा बलियो एकता गराउन विभिन्न रायहरु आउनेछन् हामी त्यसै अनुरुप संगठन बलियो बनाउन अघि बढ्नुपर्छ शाक्यले भन्नुभयो ।”

महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यले कोरोनाको प्रभाव बढ्दै गएकाले पनि तेसो महाधिवेशन पुस पहिलो हप्ता गर्ने गरी सारिएको बताउनुभयो । महासंघको कार्यसमितिको आज बसेको वैठकले असोज २५ र २६ गतेको  लागि तय गरेको महाधिवेशन पुस पहिलो साता सम्पन्न गर्ने गरी सार्ने निर्णय भएको शाक्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्