चाडबाडसँगै सुनचाँदी पसलमा चहलपहल

काठमाडौं,असोज । २०७७ साल चैत ११ गते देखिनै नेपालको अर्थव्यवस्थाको महत्वपूर्ण पाटो रहेको सुनचाँदी बजार कोरोना भाइरसको कारणले नराम्ररी प्रभावित बन्न पुग्यो । ५ भन्दा बढी लकडाउनको सामाना गरेको सुनचाँदी बजार पछिल्लो समय भने दशैतिहार नजिकैसँगै तंग्रने सुरसारमा रहेको छ । नेपालमा ३० हजार भन्दा बढी गहना व्यवसायी ,लाखौको संख्यामा कालिगढ र तिनमा आश्रीत परिवार रहेका छन् । सुनचाँदी बजारले वार्षिक ९ अर्व बरावरको राजश्व राज्यलाई तिर्दै आएको बताइन्छ । विगतमा चाडवाडको समयमा दैनिक २५केजीसम्म राज्यले सुन उपलब्ध गराउँदै आएकोमा हाल कोरोना भाइरसको प्रभावका कारण दैनिक १० केजी सुन आपूर्ति गर्दै आइरहेको छ ।

दशैतिहार नजिकिदै गर्दा अहिले पनि सुनचाँदी पसलमा ग्राहकहरुको चहलपहल सुरु हुन थालेको छ । कोरोनाबाट सजग हुँदै विशेष सावधानी अपनाएर ग्राहकहरुलाई  सेवा दिन सुरु गरिएको रिद्धिसिद्धि ज्वेलर्स विशालबजारका संचालक नरेन्द्र गुप्ताले बताउनुभयो ।

चाडवाड नजिकीएसँगै व्यवसायीहरुलाई कालिगढको समेत अभाव हुन थालेको छ । कोरोना भाइरसका कारण कालिगढहरु घर गएपछि फाटफुट आउने काम गर्न पनि अप्ठेरो भएको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका महासचिव खेम तिरुवाले बताउनुभयो ।

चाडवाडको समयमा केही काम आउने न्यूरोड क्षेत्रमा रहेर काम गर्दै आइरहेका कालिगढहरुले आस गरेका छन् । लकडाउनको समयमा निकै समस्या आफुहरुले खेप्नुपरेको कालिगढहरुको भनाई छ ।

दशैतिहार र छठ नजिकिएसँगै कोरोना कहरकावीचमा पनि सुनचाँदी बजार केही तंगरिन्छ कि भन्ने व्यवसायीहरुमा आस छ । व्यवसायीहरुले पनि कोरानाको कहरको बेलामा विशेष सुरक्षा सावधानी अपनाएर व्यवसाय संचालन गर्न जरुरी छ ।

गोल्ड आभूण टिभिका लागि क्यामेरामा श्रेया लामाको साथमा सुसन सर्जन रामदाम,न्युरोड काठमाडौं । https://www.youtube.com/watch?v=AKh5i6Ur-Mc

प्रतिक्रिया दिनुहोस्