८० प्रतिशत विदेशी कालिगढ,स्वेदेशीलाई तालिम भएन

चाडवाडसँगै गरगहना खरिदको सिजन सुरु भएको छ । कोरोनाको त्रासका कारण गरगहना बनाउने विदेशी कालिगढहरु घर गएपछि सुनचाँदी पसललाई गहना बनाउन निकै समस्या परेको छ । विदेशी कालिगढहरुको मात्र भरपर्दा बजार अप्ठेरोमा परेको हो । एक रिपोर्ट

विदेशी कालिगढमा भरपर्दा संकटको बेला सुनचाँदी बजारमा कति अप्ठेरो पर्दो रहेछ भन्ने कुरा सुनचाँदी व्यवसायीहरुले भूकम्पपछि र अहिलेको कोरोनाको महामारीमा भोगेका छन् । नेपालको सुनचाँदी बजारमा आधुनिक गहना निर्माणको लागि ८० प्रतिशत हिस्सा विदेशी कालिगढहरुले ओगटेका छन् ।

नेपाली कालिगढहरु तारपात र सेटिङको काममा न्यून संख्यामा रहेका छन् । विदेशी कालिगढहरुसँग प्रविधि र सिप दुवै रहेको छ यसकारणले नेपालको सुनचाँदी बजारमा उत्पादन उनीहरुकै भरपर्नुपर्ने बाध्यता रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्य बताउनुहुन्छ । बाईट….

स्वदेशी कालिगढहरु उचित तालिम र सेवा सुविधा नहुँदा विदेश पलायन हुनुपर्ने बाध्यता रहेको छ । स्वदेशी कालिगढहरुलाई तालिम ,सिप र प्रविधिमा दख्खल बनाउन व्यवसायिक संगठन र राज्यबाट पनि कुनै चासो भएको पाउन सकिदैन । महासंघले संचालन गरेको तालिम केन्द्रपनि औपचारिकतामा मात्र सिमित भएको छ । आगामी दिनमा ठोस योजना अघि बढ्न नसके सुनचाँदी बजारले अझ जटिल समस्या भोग्नुपर्ने शाक्य बताउनुहुन्छ । बाईट..

उचित तालिम,सिप विकास सवैले सहयोग गरेको खण्डमा आफुहरुले पनि विदेशी कालिगढहरुले जसरी काम गर्न कालिगढ लक्ष्मण विश्वकर्मा बताउनुहुन्छ । बाईट..

विदेशी कालिगढमा मात्र नेपालको सुनचाँदी भरपर्दा विपत्तीको समस्या आउँदा व्यवसायले समस्या खेप्दै आइरहेको छ । विदेशी कालिगढहरुको सीपलाई समेत सिकेर आत्मनिर्भर बन्न अव केही सोच्ने हो की ?

क्यामेरामा सागर शर्माका साथ श्रेया लामाको रिपोर्ट

प्रतिक्रिया दिनुहोस्