न्यूरोडमा कोरानासँग विशेष सावधानी हुँदै सुन पसल संचालन

सुनचाँदी तथा हिराको मूख्य कारोवार हुने क्षेत्र काठमाडौंको न्यूरोडमा व्यवसायीहरुले कोरानासँग आवश्यक सावधानी हुँदै व्यवसाय संचालन गरेका छन् ।

व्यवसायीहरुले सुरक्षीत ढंगबाट पसल संचालन गर्न थालेपछि ग्राहकहरुको समेत पसलमा चहलपहल बढ्न थालेको छ । बडा दशैं तथा दिपावली लगायतका चाडवबाडलाई मध्यनजर गर्दै ग्राहकहरुले सुनचाँदी तथा हिराका गहनाहरु खरिद गर्न थालेका छन् ।

पसल संचालकहरुले दैनिक पसललाई स्यानीटाइज गरेर,कोरोनाबाट बच्ने आवश्यक सामाग्रीहरु राखेर पसल संचालन गरेको अक्सरा ज्वेलरी न्यूरोड पिपलबोटकी संचालिका रितिका शाक्यले बताउनुभयो । बाईट….

गहना सो रुममा विक्रीकर्ताले मास्क लगाउने,स्यानीटाइजर उपयोग गर्ने, आखामा पारदर्शी प्लाष्टीकको चश्मा लगाएर ग्राहकहरुसँग कुराकानी गर्ने गरिएको छ । ग्राहकहरु आउँदा भौतिक दुरी कायम गरी सामानहरु विक्री वितरण गरिएको पसल  संचालकहरुको भनाई छ ।

दशैं तिहारमा नेपाली संस्कार अनुसार गरगहना जोड्ने,मिठो खाने र राम्रो पहिरन लगाउने चलन रहेको छ । दशैं तिहारलाई मध्येनजर गर्दै ज्वेलरी पसलहरु गहना ज्यालामा छुट सहित अफरहरु समेत ल्याएका छन् । सुनचाँदी पसलले ग्राहक तथा आफ्नो स्वाथ्यलाई समेत मूल प्राथमिकतामा राखेर व्यवसाय संचालन गर्न जरुरी रहेको छ ।

सुनचाँदी समाचारका लागि श्रेया लामाको सहयोगमा महेश पौडेलको रिपोर्ट ।

https://www.youtube.com/watch?v=z6zx73n3Jso&t=36s

प्रतिक्रिया दिनुहोस्