चक्रपथ पनि गहना खरिदविक्रीको हव बन्दैं

काठमाडौं नारायणगोपाल चक्रपथ  पनि पछिल्लो समय गहना खरिदविक्री हुने मूख्य व्यापारिक क्षेत्र बन्न थालेको छ । चक्रपथ क्षेत्रमा पछिल्लो समयमा ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गर्दै राम्रो शोरुमका गहना पसलहरु खुलेका छन् । त्यहाँका व्यवसायीहरुले कोरानासँग विशेष सावधानी अपनाउँदै ग्राहकहरुलाई सेवा दिइरेका छन् । एक रिपोर्ट

काठमाडौंको नारायणगोपाल चोक चक्रपथ क्षेत्र पछिल्लो समय गहना खरिदविक्री गर्नेहरुको लागि सजिलो ठाउँ बन्न थालेको छ ।

अमेरिकन दुतावास देखि गंगालाल मुटु अस्पतालसम्म दुई दर्जन भन्दा बढी सुनचाँदी पसलहरु संचालनमा रहेका छन् । पछिल्लो समयमा चक्रपथमा आधुनिक गहनाका शोरुमहरु समेत निर्माण भएका छन् । जसले गर्दा ग्राहकहरुलाई आर्कषक गहना शोरुम र आवश्यक गहना किन्न चक्रपथ पनि रोजाईमा पर्ने गरेको हो ।

कोरानासँग विशेष सावधानी अपनाउँदै ग्राहकरुलाई सेवा प्रदान गरिहेको र व्यापार अहिले सन्तोषजनकरुपमै भइरहेको नमस्ते ज्वेलर्सका संचालक तिलक खड्काथोकी विश्वकर्माले बताउनुभयो ।

चक्रपथमा पनि व्यवसायीहरुले ग्राहकहरुको लागि स्यानीटाइजर देखि मास्क अनिवार्यरुपमा राखेर कोरानाबाट सावधानी हुँदै गहनाको खरिदविक्री गरिरहेका छन् । व्यवसायीहरुले नेपाली तथा मौलिक गहनाहरुनै ग्राहकहरुको रोजाईमा पर्ने गरेको बताउछन् । मौलिक गहनामा विकसित भएको नयाँ डिजाईनले ग्राहकहरुलाई लोभ्याएको खड्काथोकीको भनाई छ ।

लामो लकडाउन पछि तंङग्रीन थालेको सुनचाँदी व्यवसाय चाडवाड नजिकिदै आउन थालेपछि व्यवसायीहरुले सन्तोषको श्वास र्फन थालेका छन् । व्यवसायीहरुले पनि ग्राहकको सन्तुष्टीलाई मूल प्राथमिकतामा राखेर सेवा दिन जरुरी रहेको छ ।

गोल्ड आभूषण टेलिभिजनको सुनचाँदी समाचारका लागि सुसन सर्जन रामदामको सहयोगमा श्रेया लामाको रिपोर्ट ।

प्रतिक्रिया दिनुहोस्