पर्सामा बरामद भनिएको २२.५५६ किलो सुनको मूल्य कति ?

पर्सा,असोज । वीरगन्जको गणेश अपार्टमेन्टमा बरामद गरिएको भनिएको २२.५५६ केजीको सुनको पहिचान र मूल्यांकन गर्न पर्सा सुनचाँदी व्यवसायी संघको टोली जिल्ला प्रहरी कार्यालय विरगञ्ज पुगेको छ ।

सुनको गुणस्तर र चलेको बजार मूल्यका बारेमा यकिन गर्न जिल्ला प्रहरी कार्यालयले पर्सा सुनचाँदी व्यवसायी संघ सँग सहयोग मागेकाले जिल्ला अध्यक्ष निरज सर्राफको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेको संघका जिल्ला महासचिव तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष प्रवेशकुमार सर्राफले आभूषण बजार पत्रिकालाई बताउनुभयो ।

शनिवार सुन छापावाला प्रतितोला ९४७०० रहेको छ । यदि वरामद सुन छापावाल सुन हो भने २२.५५६ किलोको हिसाव निकाल्दा उक्त सुनको आजको बजार मूल्य १८ करोड ३१ लाख ३२ हजार १ सय ६४ रुपैया पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्