कोराना प्रभावमा सहुलियत दिन व्यवसायीको माग

सुनचाँदी क्षेत्रले राज्यमा वार्षिक ९ अर्व वरावरको राजश्वमा योगदान दिने भएता पनि यो क्षेत्र राज्य तहबाट भने उपेक्षा बन्दैं आएको छ । कोराना भाईरसका कारण लामो समय लकडाउन हुँदा मर्कामा परेको भन्दैं व्यवसायीहरुले पसलको भाडा र बैंकको व्याजमा केही सहुलित दिन माग गरेका छन् । एक रिपोर्ट

कोराना भाइरसको प्रभावका कारण ५ महिना बढी भएको बन्दाबन्दीले सुनचाँदी व्यवसायमा समस्या परेको भन्दै उनीहरुले पसलको भाडा र बैंकको कर्जाको व्याजमा सहुलियत दिन माग गरेका छन् ।

लामो लकडाउनपछि कोराना भाइरसबाट सावधानी हुँदै व्यवसायलाई निरन्तरता दिन पनि पसल खोल्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ । चाडवाडको समयमा सामाखुशी तथा गोगंबु क्षेत्र तर्फपनि ग्राहकहरुको चहलपहल त केही बढेको छ तर ग्राहकहरुले विगतको तुलना कम परिणाममा गहना खरिद गर्ने गरेका छन् । कोभिडका कारण लामो समय पसल बन्द गर्नुपर्दा निकै समस्या भोग्नुपरेको धवलागिरी सुनचाँदी पसल गोगंवु चोकका संचालक राजकुमार घिमिरे बताउनुहुन्छ । राज्यले यस क्षेत्रलाई बचाउने प्याकेज ल्याउनुपर्ने घिमिरेको भनाई छ ।

बाईट…

गोंगबुचोककै एस.एस.ज्वेलर्सका संचालक समिर शाक्य पनि कोभिडका कारण ग्राहकहरुको क्रयशक्ति घटेकाले पनि गहनाको माग विगत भन्दा कम भएको बताउनुहुन्छ । सुनचाँदी व्यवसायलाई राज्यले थारै भएपनि सहुलियत दिनुपर्ने शाक्यको भनाई छ । बाईट….

कोभिडका कारण लामो समय थला परेको सुनचाँदी व्यवसाय चाडवाडको समयमा तङग्रन थालेको छ । यहि बेलामा सवैले यस क्षेत्रलाई उकास्न नयाँ कार्ययोजना जानुपर्ने देखिन्छ ।

गोल्ड आभूषण टेलिभिजनको सुनचाँदी समाचारका लागि सविन रामदामको सहयोगमा श्रेया लामाको रिपोर्ट ।

प्रतिक्रिया दिनुहोस्