वीरगञ्जमा बरामद करिव २३ किलो सुन कस्को ?

वीरगन्ज,असोज । पर्सा प्रहरीले शनिवार वीरगंज स्थित गणेश अपार्टमेन्टको अशोक सिन्हा बस्ने कोठाबाट २२ किलो ९ सय ४४ ग्राम सुन बरामद गरेको छ । सिरियल नम्बरका साथै बनाइएका गहना समेत रहेको उक्त परिणामको सुन वैधानिक वा अवैधानिक के हो अनुसन्धानको विषय बनेको छ । एक रिपोर्ट

पर्साको वीरगन्ज ५ रेशमकोठी स्थित गणेश अर्पाटमेन्टमा शनिवार प्रहरीले छापा मारेर भारी परिमाणमा सुन र चाँदी वरामद गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले २२ केजी ९ सय ४४ ग्राम सुन र २ केजी २ सय ६२ ग्राम चाँदीका सामान बरामद गरेको हो ।

शनिवार दिउसो साढे १ बजे गणेश अपार्टमेन्टको भारतीय नागरिक अशोक सिन्हाको फ्ल्याट नम्बर ३०३ बाट उक्त परिमाणको सुनचाँदी बरामद गरेको हो । सुनको गुणस्तर र मुल्य लगत गर्नको लागि प्रहरीले पर्सा सुनचाँदी व्यवसायी संघलाई पत्राचार गरेको थियो । लगत्तै संघका जिल्ला अध्यक्ष निरज सर्राफ र महासचिव प्रवेशकुमार सर्राफको टोलीले सुनको गुणस्तर र मूल्य निकालेपछि प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । सुनको वारेमा जानकारी दिनुहुँदै संघका महासचिव प्रवेशकुमार सर्राफले सुनमा सिरियल नम्बर र बनाइएका गहनाहरुसमेत रहेकाले उक्त गहना तस्करी हो  होइन अनुसन्धानपछि मात्र यकिन हुने बताउनुभयो । बाईट…

चाडवाडको समयमा भारी परिणाममा सुन बरामद भएपछि यो कुन बाटोबाट आएको सुन हो भन्ने विषयमा बहस सुरु भएको छ । भारतका अशोक सिन्हाको फ्ल्याटबाट बरामद भएको सुनको आधिकारीताको विषय सम्बन्धीत व्यक्तिले स्रोत  खुलाउन सक्छन वा सक्दैनन् यसले निर्धारण गर्ने सर्राफको भनाई छ । बाईट..

तराईको भारतसँग सिमा जोडिएका जिल्लाहरुमा कुनै न कुनैरुपमा तस्करी हुने आंशकामा हेरिन्छ । वीरगन्जमा भेटिएको भारी परिणामको सुनको आधिकारीता के हुन्छ यो भने अनुसन्धानबाटनै खुल्नेछ ।

गोल्ड आभूषण अनलाईन टेलिभिजनको सुनचाँदी समाचारका लागि सुसन सर्जन रामदामको रिपोर्ट https://www.youtube.com/watch?v=iT1ZO1R95PA&t=371s

प्रतिक्रिया दिनुहोस्