कोराना कहरले कालिगढको रोजीरोटीमा पिडा

कोराना प्रभावका कारण गरिखाने कालिगढहरुलाई यो दशैं तिहार खल्लो हुने भएको छ । विगतको वर्षमा काममा भ्याई नभ्याई हुने कालिगढहरु अहिले भने कोरानाको चपेटाले फाट्टफुट्टरुपम गहना बनाएर बस्नुपरेको छ । एक रिपोर्ट

 

यो काठमाडौं भेडासिंङ चोकबाट बाँया लाग्ने बाटोबाट भित्र छिर्ने गल्ली हो । जुन गल्लीमा स्वर सम्राट स्व.नारायणगोपाल जन्मीएको घर छ जसलाई किलागल भनिन्छ । नारायणगोपालको यहि ऐतिहाँसिक घरको वरीपरी दर्जनौ संख्यामा सुनचाँदीका गहना बनाउने कालिगढहरुको रोजीरोटी चल्ने गर्दछ ।

तर कोराना भाइरसको प्रभावका कारण यस क्षेत्रमा रहेका कयौ कालिगढहरु काम विहिन भएर विस्थापित भएका छन भने केहीले पेशालाई निरन्तरता दिन पनि फाट्टफुट्ट काम गरिरहेका छन् । कोराना भाइरसको समस्याको कारण सिजनको समयमा काम नहुँदा अप्ठेरोमा परेको सोही क्षेत्रमा गहनाको कारखाना संचालन गर्दै आउनुभएका राकेश तिरुवाले बताउनुभयो । बाईट…

विगतमा कालिगढहरुले भरीभराउ भएर काम हुने कारखाना अहिले एक दुई जनाकै लागि पनि काम कम हुने अवस्थामा पुगेको छ । कारखानामा कालिगढहरु फाट्टफुट्टरुपमा कोही चुरामा लाहा भर्दै थिए भने कोही बुट्टा काट्दै । कोरानाको कारण व्यवसाय चौपट भएको अर्का कारखाना संचालक बताउनुहुन्छ । बाइट..

कोराना भाइरसको प्रभावका कारण धेरै कालिगढहरु विस्थापित भएका छन भने पर्याप्त काम नभएर आम्दानी नभएपछि दशैं पनि खल्लो हुने देखिएको छ । असुरक्षित ढंगबाट काम गर्दा कयौ कालिगढ कोरानाबाट संक्रमित समेत हुन पुगेका छन । उनीहरुको स्वास्थ्यमा न साँहुको न कालिगढको हितमा खोलिएको संगठनकोनै ध्यान पुग्न सकेको छ ।

कालिगढहरुको पेशागत हकहितका आवाज धेरै उठेता पनि पछिल्लो समय उनीहरुको जीवन गुजारा चलाउननै मुस्कील हुने देखिएको छ ।

गोल्ड आभूषण टेलिभिजनको सुनचाँदी समाचारका लागि सुसन सर्जन रामदामको रिपोर्ट

प्रतिक्रिया दिनुहोस्