बडादशैंमा न्यूरोडका सुनचाँदी पसल दुलहीजस्तै बने

बडा दशैंको नवरात्र सुरु भएसँगै न्यूरोडको मूख्य व्यापारिक क्षेत्रका सुनचाँदी पसलहरु सजिसजाउ हुन थालेका छन् । विशालबजारमा गहना पसल सजाउने त्यहाँका व्यवसायीहरुको चलन रहेको छ । एक रिपोर्ट

न्यूरोड विशालबजारका सुनचाँदी पसलहरु बडादशैंको नवरात्र सुरु भएसँगै दुलहीझै सजिन थालेका छन् । न्यूरोड र विशालबजारमा पसललाई दुलही झै सिगार्ने पहिलादेखिकै चलन हो । कोराना भाइरसको प्रभाव र सुनको मूल्य आकासिएकाले ग्राहकहरुको चहलपहल भने विगतभन्दा कम भएको व्यवसायीहरु बताउछन् । बाईट…

वडा दशैं र तिहारमा न्यूरोड र विशालबजारका गहना व्यवसायीहरुले गर्ने सजिसजाउले धेरैलाई लोभ्याउने र सेल्फी खिच्न मोहित बनाउने गर्दछ । विभिन्न डिजाईनको गहनाको चमकले चाडवाडको उल्लासलाई सुनमा सुगन्ध थप्ने काम गर्दछ ।

चाडवाड सुरु भएसँगै व्यवसायीहरुले नयाँ डिजाईनको गहना र छुट अफरहरु समेत राख्ने गर्दछन् । चाडवाडमा आफुहरुले ग्राहकरुलाई नयाँ दिने ढंगबाट काम गरेको मारुती ज्वेलर्सक विशालबजारकी सेल्र्सकर्ताको भनाई छ । बाईट..

कोराना प्रभावले सुनचाँदी व्यवसायीलाई विगतको वर्ष भन्दा निकै धक्का परेता पनि पसललाई वेहुली जस्तै सिर्गान भने व्यवसायीहरु लागि परिरहेका छन् ।

गोल्ड आभूषण अनलाइन टेलिभिजनको सुनचाँदी समाचारका लागि सविन रामदामको रिपोर्ट

प्रतिक्रिया दिनुहोस्