महासंघका पदाधिकारीले दिए शहरीमन्त्री श्रेष्ठलाई बधाई

असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरुले विहिवार नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बधाई तथा कार्यसफलताको शुभकामना दिएका छन् ।

विहिवार बधाई तथा शुभकामना दिन महासंघ निर्वतमान अध्यक्ष मणिरत्न शाक्य,वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य,उपाध्यक्ष पवनकुमार सोमानी,सचिव किरणभाई बज्रचार्य,काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्य मन्त्री निवास पुलचोक पुगेका थिए । सुनचाँदी महासंघको सल्लाहाकार समेत रहनुभएका मन्त्री श्रेष्ठले सुनचाँदी विधेयकलाई पास गर्न र सुनको कोटा पुन वढाउन आश्वासन दिनुभएको काठमाडौं सुनचाँदीका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्