न्यूरोडका सुनचाँदी पसलमा दशैंमा कति कारोवार ?

असोज । दशैंमा न्यूरोड,विशालबजार क्षेत्रमा २० देखि २५ प्रतिशतको हाराहारीमा मात्र गहनाको कारोवार भएको प्रक्षेपण गरिएको छ । चैतदेखि कोभिडका कारण ठप्प रहेको सुनचाँदीको कारोवार दशैमा भने केही अक्सीजनको पूर्ति भएको व्यवसायीहरुको भनाई छ । विगतको वर्षको दशैं भन्दा अहिले ७५ प्रतिशत व्यापारमा कमि आएको श्री रिद्धि सिद्धि ज्वेलर्सका संचालक नरेन्द्र गुप्ताले बताउनुभयो ।

कोभिडका कारण अर्थतन्त्र खुम्चीएको बेला गहनाको कारोवारमा कमी आउनु स्वभाविक भएता पनि आगामी दिनमा भने व्यवसाय पुरानो लयमा फर्केने व्यवसायीहरुको विश्वास रहेको छ । स्वास्थ्यमा आवश्यक सचेत हुँदै ग्राहकहरुमा उत्साह र उमंगको वातावरण सवैतिर फैलाउनुपर्ने उनीहरुको भनाई छ । दशैंमा उत्साह नथपिएपनि तिहारमा भने सजावट,झिलीमिलीलाई व्यापकरुपमा गर्ने न्यूरोडका व्यवसायीहरुको योजना रहेको छ ।

तिहार,छठ र लगनको महिना नजिकिदैं गर्दा व्यवसायीहरुले सुनचाँदीको गहनाको कारोवार पुरानो लयमा फर्कने विश्वास गरेका छन् । व्यवसायीहरुले पनि कोरोनाबाट आवश्यक सावधानी अपनाउँदै व्यवसायमा उत्साह थप्न जरुरी रहेको छ । गोल्ड आभूषण टेलिभिजनको सुनचाँदी समाचारका लागि भूवन श्रेष्ठको रिपोर्ट ।

प्रतिक्रिया दिनुहोस्