विधानसम्मत महाधिवेशन घोषणा नभएको भन्दैं आन्दोलन गर्ने चेतावनी

मंसीर । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का तत्कालिन संयोजक शिवकुमार सर्राफले महासंघको यहि पौष २४ र २५ गते हुने भनिएको तेस्रो महाधिवेशन विधान विपरित भएको भन्दै स्थगन गर्न माग गर्नुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ केन्द्रिय कार्यालय नक्साल र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्दै महासंघको विधान दफा २५ को क ९ २ मा सवै प्रदेशको साधारणसभा र अधिवेशन सम्पन्न भएपछि मात्र महासंघको अधिवेशन गर्नुपर्ने प्रष्ट व्यवस्था भएकोमा प्रदेश नम्बर २ को आफुहरुको निर्वाचित कार्यसमितिलाई वेवास्ता गर्दै महाधिवेशन गर्न लागिएको भन्दैं सर्राफले उक्त कदमको विरोध गर्नुभएको हो ।

अदालतले समेत महासंघ प्रदेश नम्बर २ को  कार्यसमितिलाई नियमित काम गर्न निर्देशन दिईसकेको अवस्थामा महासंघका अध्यक्षले आफुहरुलाई वेवास्ता गर्दै विधान मिचेर एकलौटी निर्णय गरेको भन्दैं तत्काल कदम सच्चाउन माग गर्नुभएको छ ।

महासंघ प्रदेश नम्बर २ का तत्कालिन संयोजक सर्राफले आफुहरुलाई अन्यायमा पारेर निर्णय गरिएको भन्दैं आन्दोलनमा उत्रिएर कार्यालय घेराउ गर्ने सम्मको चेतावनी दिनुभएको छ ।

यसैवीच नेपाल सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष तेजरत्न शाक्यले कार्तिक २६ गते देखि महासंघ कार्यसमितिको म्याद सकिएकाले अव सहमतीमा गरिएको काम मात्र वैधानिक हुने बताउनुभयो । कार्यसमितिको नै म्याद सकिएकाले अव पूर्णवैठकको भनेर गरिएको निर्णयमानै प्रश्न उठेको शाक्यको भनाई छ ।

विधानत विषम परिस्थितीमा दुई पटक म्याद थप्न पाउने अवस्थामा अहिलेको कार्यसमितिले म्याद थपेर गुजारीसकेको अवस्थामा मिति सकिएको कार्यसमितिले पूर्ण वैठकको नाममा गरेको निर्णयप्रति वैधानिकताको कानुनी प्रश्न उठेको छ यसलाई आम व्यवसायीहरुले कसरी लिन्छन् र महाधिवेशनमा सहभागीता जनाउछन् सोचनीय विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्