काँचो सुनमा कालोबजारी,पसले,कालिगढ देखि उपभोक्ता मारमा

मंसीर । काँचो सुनमा कालोबजारी हुँदा गहना बनाउने कारखाना संचालक, व्यवसायी ,कालिगढ र उपभोक्ता मारमा परेका छन् ।

विवाह लगनको समय मंसीर देखि सुनचाँदीको गहना बनाउन कारखानाका कालिगढहरुलाई चटारो हुने समय हो । लकडाउनका कारण लामो समय हात बाधेर बसेका कारखानाका कालिगढहरु मंसीर देखि केही काम सुरु हुन थालेपनि सुनको बजार मूल्य भन्दा बढी ब्ल्याकमा सुन किन्नुपर्ने बाध्यता भएपछि मारमा परेका छन् ।

सरकारले कोराना भाईरसको प्रभावका कारण चैत देखि कोटा घटाएर दैनिक १० केजीमा झारेको छ । विगतका वर्षमा यो समयमा दैनिक ३५ केजीसम्म सुन खपत हुने गर्दथ्यो अहिले झन न्यून कोटा त्यसमा पनि कायम भाउमा तोलामा २ हजार देखि २५ सय सम्म बढी हालेर काम गर्नुपर्ने बाध्यता रहेको कारखाना संचालक किशोर सेन्चुरी बताउनुहुन्छ ।

मंसीर देखि कालिगढहरुलाई गहना बनाउन केही हतारो हुनुले केही राहतको महशुस पक्कै भएको छ तर काँचो सुन किन्न भने भौतारिनुपर्ने अवस्था रहेको छ । डिलरसँग बढी मूल्य तिरेमा सुन पाइन्छ अन्यथा सुननै पाइदैन । नकिनम सिजनमा खाली हात बस्नुपर्ने हुन्छ त्यो भन्दा गुजारा चलाउन पनि किन्नै पर्ने समस्या रहेको अर्का कारखाना संचालक राकेस तिरुवा बताउनुहुन्छ ।

सुनमा कालोबजारी अहिलेको समस्या होइन यो पुरानो रोग बनेर बसेको छ । सुनचाँदी व्यवसायिक संगठनले समेत बढी मूल्यमा काँचो सुन बेच्नेको अनुगमन गरी कारवाही सिफारिस नगर्ने । राज्यले पनि सुन कालोबजारी गर्नेको खोजी नीति गरेर कारवाही नगर्दा काँचो सुनमा कालोबजारी विकृति बनेर बसेको छ । काँचो सुनमा कालोबजारी गरी बढी मूल्यमा बेच्नेलाई कालोबजारी ऐन अन्र्तगत कारवाही गर्नुपर्ने टड्कारो आवश्यता देखिएको छ । ताकी सवैले तिरेको बढी मूल्यको मार उपभोक्ताले थेग्न नपरोस् ।

प्रतिक्रिया दिनुहोस्