कालिगढले गरे उचित ज्याला र तालिमको माग

मंसीर । काठमाडौंका सुनचाँदी क्षेत्रमा कार्यरत कालिगढहरुले उचित ज्याला र सीप विकासका कार्यक्रमको माग गरेका छन् ।

नेपालमा सुनचाँदी क्षेत्रमा १ लाख भन्दा बढीको संख्यामा स्वदेशी कालिगढहरु रहेको बताइन्छ । कोराना भाइरसको प्रभावका कारण लामो समय त्यतिकै बसेका कालिगढहरु अहिले भने काममा फर्किन थालेका छन् । कालिगढ संगठनहरु नभएका होइनन तर कालिगढहरुको हकहितका विषयमा चर्का कुरा भएपनि व्यवहारमा कहिले पनि लागु हुन सकेको छैन । कालिगढहरुलाई दिइने उचित ज्याला नपाउनु र जिवन धान्न मुस्कील पर्दा पनि उनीहरु विदेश पलायन हुनुपर्ने बाध्यता बनेको छ । सुनचाँदी पेशाको जग कालिगढहरु भएकाले उचित ज्याला व्यवस्था हुनुपर्ने भेडासिंङमा गहना बनाउँदै  आउनुभएका दमकका राजेस रसाईलीले बताउनुभयो ।

सुनचाँदी पेशामा युवाहरुको आर्कषण रहेको छ तर सीप विकासका कुनै कार्यक्रम र संरक्षण नहुँदा पेशाबाट कालिगढहरु पलायन हुनुपर्ने अवस्था रहेको छ ।

नेपाली कालिगढहरु अझै पनि हातबाटै र सामान्य घरेली औजारबाटनै काम गर्नुपर्ने बाध्यता रहेको छ । गर्न सके स्वदेशमै रहेकाले आवश्यक प्रविधि र तालिमको आवश्यकता रहेको उदयपुर घर भई भेडासिंङमै कालिगढी गर्दै आउनुभएका कबिर गदाईलीले बताउनुभयो ।

कालिगढहरुको हकहितको लागि कालिगढ संगठन नखुलेका पनि होइनन् । महासंघ र अरु थुपै्र व्यवसायिक संगठनहरु पनि रहेका छन् तर कालिगढको सामान्य मागलाई पनि संस्थागतरुपमा उठाएर निश्कर्षमा पुराउन नसक्दा कालिगढहरुको आवाज दविएर बसेको छ । स्वेदशी कालिगढको संरक्षण र सीप विकासको लागि सरोकारपक्षले केही न केही गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्