यवसायी एकताबाटनै सुनचाँदीको हितःमन्त्री श्रेष्ठ

मंसीर । काठमाडौं सुनचाँदी व्यवसायी संघको १७ औं र १८ औं साधारणसभा तथा  छैठौ अधिवेशनले सुरेशमान शाक्यको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति  सर्वसम्मत चयन गरेको छ ।

काठमाडौंमा शनिवार सम्पन्न अधिवेशनले अध्यक्षमा सुरेशमान शाक्य,उपाध्यक्ष मुक्तिरत्न बज्राचार्य, सचिव रोहिनादेवी शाक्य,सह–सचिव लेखरत्न शाक्य,कोषाध्यक्ष दशरत्न बज्राचार्य,सह–कोषाध्यक्ष प्रमिल स्थापित,कार्यकारी सदस्यहरुमा प्रकाशराज श्रेष्ठ,पुण्यरत्न बज्राचार्य,ताराराम मुनकर्मी,सुरेन्द्रकाजी शाक्य,उपेन्द्रकाजी शाक्य,रमेशमान शाक्य,अभिषेक शाक्य,मनिष शाक्य,पद्मेश शाक्य,संजयरत्न शाक्य,मोहीनी शाक्य र कविरचन्द्र बज्राचार्यलाई चयन गरेको छ ।

अधिवेशनमा प्रमुख अतिथीको रुपमा बोल्नुहुँदै शहरीविकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सुनचाँदी व्यवसायीहरु एकताले हक अधिकार स्थापीत हुने भएकाले एक भएर आउन आग्रह गर्नुभयो । सुनचाँदी व्यवसायीहरुको सल्लाहाकार समेत रहेको आफु मन्त्री  भएकाले व्यवसायीहरुको माग पुरा गर्न आफुले सक्दो सहयोग गर्ने श्रेष्ठको भनाई छ ।

विशेष अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन विश्वकर्माले चुनौतिका विच आफुले महासंघ मार्फत व्यवसायीहरुको हकहितको लागि काम गरेको बताउनुभयो । महासंघको तेस्रो महाधिवेशनमा सहमती,सहकार्य र एकताबाटनै काम गर्ने विश्वकर्माले विश्वास दिलाउनुभयो ।

सर्वसम्मत चयन काठमाडौं सुनचाँदी व्यवसायी संघका नयाँ अध्यक्ष सुरेशमान शाक्यले स्वदेशी कालिगढहरुको सिप विकासको लागि आफुले निरन्तर काम गर्ने योजना रहेको बताउनुभयो ।

कार्यकारी सदस्यमा चयन पूण्यरत्न बज्राचार्यले कच्चापदार्थको अभावका कारणले व्यवसायीहरुले खेप्नुपरेको समस्या समाधानमा आफुहरु लागि पर्ने बताउनुभयो ।

निवर्तमान अध्यक्ष महेन्द्ररत्न शाक्यले कागोसिडामा जुझारु युवाहरुको टिम आएकाले युवाहरुले स्वतन्त्रढंगबाट काम गरेर अझ संघलाई उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सुनचाँदी क्षेत्रका तर्फबाट विभिन्न क्षेत्रमा योगदान पुराएका युवा तथा विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्य,वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य,सुनचाँदी अग्रणी तेजरत्न शाक्य,निरन्ञ्जनरत्न शाक्य,आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि,उपभोक्तावादी संगठनका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको समापन महेन्द्ररत्न शाक्यले गर्नुभएको थियो । यसैवीच सर्वसम्मत चयन नयाँ कार्यसमितिले पद तथा गोपनीयताको सपथ ग्रहण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्