सुनचाँदी वागमतिका कमाण्डर ज्योतिरत्न को हुन ? के छ महाधिवेशन रणनीति

वागमति प्रदेशको राजधानी हेटौडा तोकिएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघको वागमति प्रदेशको प्रमुखमा ज्योतिरत्न बज्राचार्यको उदय भएको हो । मध्यनेपालकै प्रतिष्ठित व्यवसायीको रुपमा ज्योतिरत्न बज्राचार्यको नाम आउने गर्दछ । कम बोल्ने तर काम गर्ने शैली र सवैलाई विश्वासमा लिन सक्ने क्षमताकै कारण हेटौडामा पनि बज्राचार्यलाई राज्य प्रशासनले पनि सम्मान गर्ने गर्दछ ।

वि.स.२०२४ साल बैशाख २७ गते हेटौंडा–१,राप्तीरोडमा जन्मनुभएका ज्योतिरत्न बज्राचार्य निडर,स्पष्ट र भइपरिआउँदा समाजको कुनै पनि क्षेत्रमा सहयोग गर्न पछि नपर्ने व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । आम्दानीको २० प्रतिशत समाजसेवाम खर्चे गर्ने व्यवसायीको रुपमा बज्राचार्यले समाजमा आफुलाई स्थापित गराउनुभएको छ । पुर्खौली सुनचाँदी पेशाबाट उहाँले व्यवसायिक यात्रा सुरु गरेता पनि मकवानपुरमा वज्राचार्यले शिक्षा र विभिन्न क्षेत्रमा समेत लगानी गरेर आफ्नो व्यवसायिक गरिमालाई उचो बनाउनुभएको छ । सुनचाँदी व्यवसायमा जातिगत होइन व्यवसायी भएर हकहितको लागि अघि बढ्नुपर्छ भन्ने मान्यता राख्नुहुने बज्राचार्य वागमती प्रदेशको प्रमुख बनेर आएसँगै यहाँको सुनचाँदी बजारले उचित गति लिने विश्वास लिइएको छ । वागमती प्रदेशको लगाम समाएसँगै प्रमुख बज्राचार्यले सुनचाँदीमा उग्र जातिवाद,राजनीतिकरण निषेध गरेर सुनचाँदी व्यवसायीको हितमा अघि बढ्ने जनाउ दिनुभएको छ । ज्योतिरत्न बज्रचार्यको सुनचाँदी वागमती प्रदेशको प्रमुखमा आगमन भएसँगै सुनचाँदी भित्र उग्रजातिवादको नाममा भईरहेको योजना र कामहरु फलप हुने संकेत देखिन थालेको छ । व्यवसायिक क्षेत्रका अब्बल र जुझारु ज्योतिरत्न बज्राचार्य मकवानपुर जिल्ला अध्यक्ष हुँदै सुनचाँदी बागमती प्रदेश प्रमुख र भावि दिनमा महासंघको नेतृत्वसम्म पुगेर जातिवादले घेरावन्दीमा पारीएको महासंघको चक्रव्यूहलाई तोड्न सक्ने ,अर्जूनवाणलाई पनि छिया छिया पार्न सक्ने सामथ्र्य राख्ने, व्यवसायीले आशा र भरोसा गरेको मास्टरमाईण्डको रुपमा छवि बनाईरहेको व्यक्तित्व हुनुहुन्छ ।

प्रदेश प्रमुख भएपछि बज्राचार्यको पत्रिकासँग पहिलो प्रतिक्रिया यस्तो 

कागोसिडाको छैठौ अधिवेशनको क्रममा आभूषण बजार पत्रिकासँग भेट हुँदा उहाँले केही रणनीतिक कुराहरु सुनाउनुभएको छ । वागमति प्रदेशमा जातिगत मान्यतालाई चिरेर हामी सुनचाँदी व्यवसायी भनेर अघि बढ्ने बताउनुभयो । पछिल्लो समयमा सुनचाँदी  व्यवसाय भित्र केही जातिगत भावना बढेर गएको तथ्यलाई स्विकार गर्दै उहाँले जो जातिगत चिन्तनमा हिडेका छन् उनीहरु पनि यसले फाइदा गर्दैन भन्नेमा रहेकाले त्यसलाई त्यागेर समृद्ध सुनचाँदी व्यवसायी बनाउने अभियानमा हिड्ने उहाँको विश्वास छ ।

पछिल्लो समयमा जातियताको नाममा व्यवसायी भित्र जुन दरार उत्पन्न भएको छ यसलाई पुरेर हामी मात्र सुनचाँदी व्यवसायी हौं भन्ने भावाना जगाउनु र वागती प्रदेशमा व्यवसायिक एकताको सन्देश दिनु आफ्नो जिम्मेवारी पनि भएको बज्राचार्यको भनाई छ ।

सुनचाँदी व्यवसायीको एकता र सद्भावबाटनै सुनचाँदी व्यवसायी अस्तित्व बाँच्ने हुनाले व्यवसायमा राजनीतिकरण गर्न नहुने उहाँको भनाई छ । व्यवसायमा पछिल्लो समयमा भइरहेको उग्र जातिय अभियान र राजनीतिकरणले महासंघको एकताम आँच आइरहेको उहाँको ठम्माई छ । तेस्रो महाधिवेशन सहमति र एकताको महाधिवेशन हुने भएकाले वागमति प्रदेशबाट अनुशासित ढंगबाट यो अभियानमा साथ हुने विश्वास दिलाउनुभयो ।

(कागोसिडाको छैठौ अधिवेशनमा कुराकानीमा आधारित ) 

प्रतिक्रिया दिनुहोस्