काठमाडौं सुनचाँदीको पदहस्तान्तरण सम्पन्न

पुस । काठमाडौं सुनचाँदी व्यवसायी संघको छैठौ अधिवेशनबाट सर्वसम्मत भएका नयाँ पदाधिकारीहरुले क्षेत्रपाटी स्थित स्वाःछपु गणेशस्थानमा पुजाआजा गरी प्रतिज्ञा गर्दै पदभार ग्रहण गरेका छन् । मंगलवार संघका नवअध्यक्ष शुरेमान शाक्य सहितका पदाधिकारीहरुलाई लाई गणेशस्थानको दर्शन गराई पुजाआजा गरी निर्वतमान अध्यक्ष महेन्द्ररत्न शाक्यले पदहस्तान्तरण गर्नुभएको हो ।

गुभाजु समेत रहनुभएका संघका कोषाध्यक्ष दशरत्न बज्राचार्यले नयाँ पदाधिकारीहरुलाई आफ्नो अनुशासन र जिम्मेवारीको बोध गराउन भगवानसँग आर्शिवाद लिने आफुहरुको पुरानो प्रचलन रहेको बताउनुभयो ।

पदभार ग्रहणपछि नेवारी परम्परा अनुसार नयाँ पदाधिकारीहरुलाई कार्यालयमा स्वागत गरिनुका साथै सगुन समेत दिइएको थियो । संघका निर्वतमान अध्यक्षले नयाँ अध्यक्ष शुरेशमान शाक्य सहितको टिमलाई खातापाता,चावी समेत हस्तान्तरण गर्नुभयो । अध्यक्ष शाक्यले कागोसिडालाई भावि दिनमा अझ उचाईमा पुराउने बताउनुभयो ।

पदहस्तान्तरणपछि बोल्नुहुँदै संघका निर्वतमान अध्यक्ष महेन्द्ररत्न शाक्यले आफुहरुले युवाको साथ र सहयोगले छैठो अधिवेशन सफलताका साथ सम्पन्न गर्न सक्षम भएको बताउनुभयो ।

महासंघको विभिन्न जिल्ला र प्रदेशहरुमा पदका विषयमा भाडभैलो भइरहेको परिपेक्ष्यमा काठमाडौं सुनचाँदी व्यवसायी संघले अपनाएको सहमती शुत्र र अनुशासन सवैले सिको गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्