सुनचाँदी महासंघमा किन सहमती बनेन,पदका आकांक्षी को–को ?

पुस । नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशन आउन अव केही दिन मात्र बाँकी छ । पुस २४ र २५ आउनै लाग्दा पनि तेस्रो महाधिवेशनको तयारीमा जसरी सिंगो टिम होमिनुपर्ने त्यसमा खासै चासो देखिदैन । महासंघको अध्यक्ष र पदाधिकारी टुंगो लगाउन पटक–पटक वैठक बसेपनि विषय झन पेचिलो बन्दैं गएपछि महासंघको तेस्रो महाधिवेशनले कुन मोड लिन्छ भन्न सकिने अवस्था छैन । सहमतीका आधारमा माणिकरत्न शाक्यलाई अध्यक्ष बनाउने भनेता पनि आफ्नो प्यानलको व्यक्तिलाई इच्छाएको पदाधिकारीमा कुरो नमिल्दा सहमतीको हलो अड्कीरहेको छ । दोस्रो महाधिवेशनमा अध्यक्षमा माणिकरत्नलाई सहमती गरीएको भएता पनि अहिले हालका अध्यक्ष मोहन विश्वकर्माले अन्य पदाधिकारीमा आफ्नो मान्छे सेटिङ नगराई अध्यक्ष पदलाई फाइनल गर्न अझै मानसिकरुपमा तयार भएका छैनन् । यदि महत्वपूर्ण पदाधिकारीमा किचलो बनाएर स्थितीलाई चुनावमा धकलेर फेरी पनि अध्यक्षमा कब्जा गर्ने मनसाय मोहन विश्वकर्माले बनाएको गोप्य मिटिङमा सहभागीहरुले खुलासा गरेका छन् । जिल्लाका विभिन्न कार्यक्रममा वहुमत आफुहरुकै भएको भन्दैं फेरी दोहोरिन सक्ने खालका अभिव्यक्ति विश्वकर्माले दिदैं आएको व्यवसायीहरुले समेत बताएका छन् । अध्यक्ष दिएपछि अरु महत्वपूर्ण पद आफुहरुले पाउनुपर्ने भन्दै मोहन विश्वकर्मा बार्गेनिङ पावर बढाएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा अर्जून रसाईली जसरी पनि आउने मुडमा रहेका छन् भने वरिष्ठताको हिसावबाट  मोहनकाजी शाक्यले कुनै पनि हालतमा वरिष्ठ उपाध्यक्ष आफुले पाउनुपर्ने दावी गरेका छन् । यता प्रेमकुमार सेन्चुरीले पनि  सार्वजनिकरुपमै वरिष्ठताको आधारमा वरिष्ठ उपाध्यक्षमा आफ्नो पनि दावी रहने तर सहमतीको लागि बाधक पनि नबने यस अघिनै बताइसक्नु भएको छ । आफु भन्दा कनिष्ठ व्यक्ति अर्जून रसाईलीलाई पनि रोलक्रम मिचेर वरिष्ठ उपाध्यक्ष मा हतपत स्विकार गरिनहाल्ने मनसायमा प्रेम सेन्चुरी रहेका छैनन् ।

वरिष्ठ उपाध्यक्षमा मोहनकाजी र अर्जून रसाईली वीचको यो विषय पेचिलो बनेर स्थिती मतदानसम्म भड्कन सक्ने र अध्यक्षमा अरु नयाँ उम्मेद्वारहरुलाई उठाएर माणिकरत्नसँग गरिएको सहमती भंग गर्न सक्ने खेल खेल्न सक्ने संकेत समेत देखिएको छ । सहमती पालनाको लागि माणिकरत्न शाक्यले एक्सन लिएको खण्डमा स्थितीलाई चुनावमा धकल्ने र आफु विजयी भएको घोषणा मोहन विश्वकर्माले गर्न सक्ने अवस्था देखिन्छ यो अवस्थामा कानुनी उपचारको लागि मुद्धा मामिला दुवैपक्षबाट विधानको विधि नितिको विषयलाई लिएर अदालतसम्म पुग्न सक्ने अवस्था समेत उत्पन्न हुन सक्छ । यतिबेलासम्म माणिकरत्न शाक्यले सहमती पालना नगरिएको र धोखा भएको भन्दैं चुनावनै वहिस्कार गर्न सक्ने देखिन्छ या आफुलाई अध्यक्ष भएको घोषणा गर्नेछन् ।

२ नम्बर प्रदेशमा मोहन विश्वकर्मा समुहले जुन रणनीति अख्तियार गरेको छ तेस्रो महाधिवेशनमा त्यो फरमुला समेत प्रयोगमा आउने सम्भावाना देखिन्छ ।

विधानले ४ जना उपाध्यक्ष तोकेका छ जसमा विपिन रामुदामु,शिवकुमार सर्राफ,एशोसियटबाट पवनकुमार सोमानी र अर्का एकजना कास्कीबाट दुर्गावहादुर विश्वकर्माको नाम रहेको छ । मोहन विश्वकर्मा दुर्गावहादुर विश्वकर्मालाई कुनै पनि हालतमा उपाध्यक्ष बनाउने कसरतमा रहेका छन्् । शिवकुमार  सर्राफसँग पनि अर्मूत सहमती गरिएकाले कार्यान्वयनमा आंशका गर्ने ठाउँहरु प्रशस्त रहेको छ । स्थितीलाई मतदानमा लगेर शिवकुमार सर्राफ माथि धोका हुन सक्ने ठाउँहरु रहेको छ । उपाध्यक्षमा दियेशरत्न शाक्यलाई पनि दिनुपर्ने मत रहेको छ । प्रेम सेन्चुरी पनि उपाध्यक्ष भइसकेको व्यक्तिलाई फेरी माइनस गर्ने ठाउँ छैन । यसैगरी उपाध्यक्षमा ज्ञानेन्द्रमान शाक्यलाई पनि कसरी व्यवस्थापन गर्ने यो पनि आफैमा जटिल विषय बनेको छ । ज्ञानेन्द्रमान शाक्यले पनि उपाध्यक्ष हतपत छोड्ने अवस्था छैन ।

महेन्द्ररत्न शाक्यले सहमत भए उपाध्यक्ष नभए कोषाध्यक्षमै रहनसक्ने बुझिएको छ । यद्यपी कोषाध्यक्षमा सुदिप श्रेष्ठलाई मोहन विश्वकर्माले अघि सारेको बुझिएको छ । सचिवमा नवलपरासीबाट बाबुराम विश्वकर्मालाई अघि सारिएको बुझनमा आएको छ । बाबुराम विश्वकर्मालाई अघि सार्दा किरणभाई बज्रचार्य,सुविन बज्रचार्य लगायतलाई कसरी मिलान गर्ने भन्नेमा समेत अवस्था पेचिलो बन्ने सक्ने स्थिती देखिएको छ । केन्द्रिय सदस्यमा पनि टुंगो नलागेकाले मतदानबाटनै फैसला गर्नुपर्ने भन्नेमा मोफसलको एकस्वर रहेको छ । यसले समेत विवादको अवस्था सिर्जना भएको छ ।

महाधिवेशनको तयारीको लागि समय निकै कम रहेको छ तर मोहन विश्वकर्मा पक्षले अध्यक्षमा माणिकरत्नलाई दिने हो भने पदाधिकारीमा आफ्नो मान्छे हुनुपर्ने कसिलो अडान लिएको छ । यदि यो भागवण्डालाईनै बखेडाबाजी गरेर स्थितीलाई चुनावमा धकेल्नेसम्मको रणनीति रहेको बुझिएको छ । चुनावमा गएको खण्डमा फेरी पनि मोहन विश्वकर्मानै आउन सक्ने देखिन्छ । वहुमतका आधारमा सहमती पालना नभए फेरी महासंघमा विग्रह र मुद्धामामिलाको अवस्था सिर्जना हुने सम्भावानालाई नर्कान सकिदैन । विश्वकर्मा संजालको घेरावन्दीको कारण महासंघमा ठुलो विग्रह आई फेरी महासंघ टुक्रिनसक्ने अवस्था समेत आउन सक्ने देखिन्छ ।फाइल फोटो

प्रतिक्रिया दिनुहोस्