सुनचाँदी महासंघ भित्र नारावाजी, प्रतिनिधि निराश हुँदै घर हिडे

पुस । नेपाल सुनचाँदी व्यवसायी महासंघको इतिहाँसमै सातौ र आठौं साधारणसभा तथा तेस्रो अधिवेशन प्रतिनिधि,पर्यवेक्षक र सहभागीहरुको लागि नमिठो र खल्लो भएको छ ।

बन्द शत्रको पहिलो दिन महासंघको आगामी पदाधिकारी चयन गर्ने विषयमा प्रतिनिधिको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेपछि प्रतिनिधि र पर्यवेक्षकहरु निराश बनेर घर फर्कन बाध्य भएका हुन् । नेतृत्वले सहमतीमा कार्यसमिति चयन गर्ने भनिएता पनि जस्केलाबाट छिराएर प्रतिनिधि ल्याएको भन्दैं आपत्ती जनाएपछि विवादमा उत्रिएका दुई समुहवीच छलफल पश्चात आइतवार सहमती गरेर जाने भन्दैं समय माग गरिएको छ ।

आइतवार विहानै ९ बजे महासंघका अध्यक्ष मोहन विश्वकर्माले बन्द शत्र बोलाएता पनि विहान ११ बजेसम्म उनी गैरीधारा स्थित कार्यक्रममा उपस्थित नभएपछि ६६ जिल्लाबाट आएका धेरै प्रतिनिधि तथा पर्यवेक्षकहरु निराश बनेर कोही शनिवारनै कोही आइतवार विहानै गृहजिल्लाको पसल सम्हाल्न हानिएका छन् । मोहन सुनारले भद्ररुपमा माणिकरत्न शाक्यलाई नेतृत्व हस्तान्तरण गर्ने विगतको सहमती भएता पनि मोहनपक्षले भने शिर देखि पुछारसम्म पदाधिकारी भागवन्डा मिलाएर गर्नुपर्ने अडान राखेको थियो । दुई पक्षविच विवाद उत्पन्न हुँदा शनिवार नारावाजी र हुलदंगा मच्चीएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको इतिहाँसको सान,मान र विरासतलाई भुलेर पदाधिकारी चयनमा एक आपसमा हिलो छ्यापछेप गरेर विवादमा उत्रिएपछि महासंघको नेतृत्वबाट गर्ने आशाप्रति देशभरका व्यवसायीहरु निराश बनेका छन् । वर्तमान नेतृत्व आपसी तिक्ततालाई मेटाएर सहमतीमा महासंघलाई बलियो बनाएर अघि बढ्छ भन्ने सवालमा उत्साहका साथ ६६ जिल्लाबाट सहभागी हजारौ प्रतिनिधि तथा पर्यवेक्षकहरु आफुहरुलाई विना काममा ल्याएको भन्दैं रुष्ट भएका छन् । सहमतीको नाममा पदाधिकारी चयनमा विवाद उत्पन्न हुँदा इतिहाँसमै महासंघ सवैभन्दा कम्जोर र तिक्तताको तुष दुई पक्षवीच बढेको छ । वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षहरु,कोषाध्यक्ष,सहकोषाध्यक्ष,केन्द्रिय सदस्यहरुलाई मतदानबाट या सहमतीमा कसरी ल्याउने भन्ने विषयमा विवाद झनै बढेको छ  ।

बन्दशत्रको दोस्रो दिन अहिले कार्यक्रम स्थलमा आधा भन्दा प्रतिनिधि पर्यवेक्षक घटेका छन् । आगामी नेतृत्व चयन गर्ने प्रतिनिधि र पर्यवेक्षकनै घर हिडेपछि महासंघप्रतिको भरोसामा निराशा थपिएको छ । महासंघको आगामी कार्यसमिति अव कसरी बन्छ पदाधिकारीहरुवीचनै विवाद रहेको र प्रतिनिधिहरु धेरै घर हिडिसकेकाले आगामी दिन के हुन्छ प्रश्नहरु उब्जीएका छन् । यद्यपी माणिकरत्न शाक्य पक्षधरहरुले भने अध्यक्षमा एकल उम्मेद्वारी परेको भन्दैं माणिकरत्ननै अध्यक्ष भएको भन्दैं बधाई दिने काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्