सुनचाँदी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य

पुस । नेपाल सुनचाँदी व्यवसायी महासंघ सातौ र आठौं साधारणसभा तथा तेस्रो अधिवेशनले माणिकरत्न शाक्यको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा पुस २४,२५ र २६ गते सम्पन्न अधिवेशनले सर्वसम्मतीमा ५५ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जून रसाईली,उपाध्यक्षहरुमा मोहनकाजी शाक्य,दियेशरत्न शाक्य,विपिन रामुदामु,महेन्द्ररत्न शाक्य,शिवकुमार सर्राफ,जोगलाल विश्वकर्मा,भरत अग्रवाल लाई चयन गरेको छ । यसैगरी समितिको महासचिवमा धर्मसुन्दर बज्रचार्य,सचिवमा किरणभाई बज्रचार्य,बाबुराम विश्वकर्मा,कोषाध्यक्ष सुदिप श्रेष्ठ,सह–कोषाध्यक्ष रमेश रसाईली रहनुभएको छ । यसैगरी महाधिवेशनले प्रदेश,नगर,जिल्ला संघबाट समेत गरी केन्द्रिय सदस्यहरु चयन गरेको छ । सर्वसम्मत चयन पदाधिकारीहरुलाई निर्वाचन कमिटीले पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलाई संघीय संरचना अनुसार अरु बलियो बनाएर लैजान सर्वसम्मतीमा कार्यसमिति चयन गरिएकाले सुनचाँदी देशभरका व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको सांगठनिक संरचनालाई अरु बलियो बनाएर व्यवसायीको हकहितको लागि आउँदो दिनमा सम्पूर्ण टिमले काम गर्ने महासंघका नवनियुक्त प्रवक्ता मनोजकुमार साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्