दिव्या शर्माको राजनीतिक हस्तक्षेप हुँदा भानु माविको नियमित काम प्रभावित

पुस । नेकपाकी नेतृ दिव्या शर्माको ठाडो राजनीतिक हस्तक्षेपका कारण लामो समय वितिसक्दा पनि भानु मा.वि. पहारिलोटारको विद्यालय समितिको अध्यक्ष चुन्न कठिनाई भएको सरोकारवालाहरुले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्न पटक पटक बैठक बसेता पनि शर्माले आफु अध्यक्ष बन्न पाउनुपर्ने भन्दैं सिधा हस्तक्षेप गरेपछि विद्यालयको पठनपाठन समेत प्रभावित बन्न पुगेको अभिभावक तथा चन्दादाताहरुको गुनासो बढ्दै गइरहेको छ । अध्यक्ष चुन्न स्थानीय तहबाट अभिभावक,चन्दादाताका तर्फबाट पदाधिकारी समेत चयन गरिएको छ । ति पदाधिकारीहरुले विगतको समितिले गरेको कामलाई मूल्याकंन गरी स्थानीय र विद्यालयलाई समय दिन सक्नेलाई अध्यक्ष बनाउने भनेता पनि शर्माको राजनीतिक हस्तक्षेपका कारण विद्यालय अनिर्णय बन्दी बनेको विशिष्ट चन्दादाता सालिकराम श्रेष्ठले बताउनुभयो । भानु मा.वि.लाई नजिकबाट बुझेको र योगदान दिएको दिलिप न्यौपानेलाई फेरी पनि ल्याउनुपर्छ भन्ने स्थानीयको मत हुँदा हुँदै शर्माको राजनीतिक बलमिचाईका कारण दिलिप पाखा लाग्नुपरेको चन्दादाता श्रेष्ठले गुनासो गर्नुभयो ।

विद्यालयमा अध्यक्ष चयनका लागि दिन दिनै हुने रस्साकस्सी र झगडाले विद्यालयको नियमित काममा समेत असर पर्ने भएकाले राजनीतिक पावरको नाममा हस्तक्षेप नगर्न अर्का अभिभावक सुकदेव न्यौपानेले आग्रह गर्नुभयो । भानु मा.वि.मा शर्माको ठाडो राजनीतिक हस्तक्षेपले विद्यार्थी तथा अभिभावकमा नराम्रो असर पर्ने भएकाले यस्तो कार्य तुरुन्त बन्द गरी स्थानीयलाई अध्यक्षको जिम्मेवारी दिनुपर्ने अर्का अभिभावक ह्दयवन्धु घिमिरेले बताउनुभयो ।

विगतमाा १५० जना विद्यार्थी रहेको भानु मा.वि.मा दिलिप न्यौपाने अध्यक्ष भएर आएपछि विद्यार्थीको संख्या ५०० सम्म पुगेको थियो भने भौतिक पूर्वाधारहरु समेत बनेको थियो । विद्यालयकै आन्तरिक स्रोतबाट धेरै शिक्षकले जागीर समेत पाएका थिए । अहिले विद्यालयको अध्यक्षमा नेकपाको ठाडो राजनीतिक हस्तक्षेपका कारण आफुहरु विद्यालयको साख गिर्ने भन्दै निराश बनेको अभिभावकहरुले गुनासो गर्न थालेका छन् । यसैवीच विशिष्ट चन्ददाता सालिकराम श्रेष्ठले राजनीति गर्ने भए आफ्नै विग्रीएको पार्टी गएर मिलाउन शर्मालाई आग्रह गर्नुभएका छ भने शिक्षामा प्रगती गर्दै गइरहेको भानु मा.वि.लाई हस्तक्षेप गरेर अनिर्णयको बन्दी बनाए अव यहाँका स्थानीयलाई सह्य नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्