पश्चिम चितवन सुनचाँदी महिला समुह गठन,अध्यक्षमा मैना सेन्चुरी

फागुन । पश्चिम चितवन सुनचाँदी महिला समुहको एक कार्यक्रमका वीच गठन गरिएको छ । मैना सुनार सेन्चुरीको अध्यक्षतामा शनिवार गठित समुहको उपाध्यक्षमा पूजा लाम्गादे,सचिवमा झरना तिवारी रामदाम,कोषाध्यक्षमा विमला सुनार र सदस्यहरुमा मेनसरी श्रीपाली सेन्चुरी,अन्जु सुनार,विना सुनार,रिता सेन्चुरी,आशिका सुनार,अरुणा घताने, विना सुनार गौतम र मनिषा गदाल रहेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ पश्चिम चितवन शाखाले आयोजना गरेको वनभोज तथा सुनचाँदी महिला समुह गठन कार्यक्रमका सभापति शाखाका अध्यक्ष राजेश कुमार लोहनीले महिलाहरुको व्यवसायमा क्षमता अभिवृद्धि गर्न र व्यक्तित्व विकासको लागि महिला समुहको आवश्यकतालाई मध्यनजर गर्दै समुह गठन गरिएको बताउनुभयो । संघका सदस्य रेशम लाम्गादेले स्वागत मन्तव्य राख्नुहुँदै व्यवसाय वृत्ति विकासमा महिलाहरुको भूमिका अझ बढेर गएकाले संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता रहेकाले आगामी दिनमा महिला समुहले रचनात्मक र समाजसेवाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । संघका शाखा सचिव सन्जीव सेन्चुरीले संचालन गर्नुभएको कार्यक्रममा पश्चिम चितवनको विभिन्न क्षेत्रबाट व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्