सुनचाँदी महासंघ प्रदेश–२ सक्रिय,सचिव सर्राफले गरे उद्घाटन

बारा । जीतपुर सिमरा नगर सुनचाँदी व्यवसायी संघको एक भव्य कार्यक्रमका वीच उद्घाटन गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष शिवकुमार सर्राफको सक्रियतामा प्रदेश–२ विभिन्न स्थानमा महासंघ संगठन विस्तारलाई तिव्रता दिने क्रममा जीतपुर सिमरा नगर संघको उद्घाटन गरिएको हो । संघको उद्घाटन नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर–२ का सचिव प्रवेशकुमार सर्राफले गर्नुभएको हो । प्रदेश नम्वर –२ का सुनचाँदी व्यवसायी अनेकन समस्यामा रहेको भन्दैं आगामी दिनमा महासंघको संस्थागत छानामुनी रहेर हकहित संरक्षण गर्न संगठन बनाउने कार्यलाई तिव्रता दिइएको सर्राफले बताउनुभयो ।

प्रदेश नम्बर –२ नेपाल सुनचाँदी महासंघको धेरै संगठन विस्तारमा महासंघका केन्द्रिय उपाध्यक्ष शिवकुमार सर्राफले यस अघि पनि महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको थियो । महासंघलाई बलियो बनाउन र व्यवसायिक हकहितलाई संरक्षण गर्न आगामी दिनमा अझ सक्रिय भएर अघि बढ्ने शिव सर्राफको भनाई छ । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष,सर्राफ, सुनचाँदी क्षेत्रमा अन्ना हजारेको रुपमा परिचित हरिकुमार सर्राफ लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्