महामारी विरुद्ध सुनचाँदी सुदुरपश्चिम,मन फुकाउने बेला होःलामिछाने

काठमाडौं,जेठ । कोरानाको महामारीमा सुनचाँदी व्यवसाय,व्यवसायी र कालिगढलाई कसरी जोगाउने भन्नेमा नेपाल सुनचाँदी व्यवसायी संघ सुदुरपश्चिम प्रदेशले खेलेको भूमिका यतिबेला चर्चाको पाटो बनेको छ ।

सुदुरपश्चिम प्रदेश समितिका सभापति सन्तोष लामिछानेलाई यतिबेला फोनको घण्टी उठाउन भ्याई नभ्याई भएको छ सहयोगका खातिर व्यवसायीहरुले देखाएको चासो र सहयोगको प्रतिवद्धताले । प्रदेश समितिको  बैठकले कोरोनाबाट चपेटामा परेकाहरुलाई मलहम पट्टी लगाउने उद्देश्य अनुरुप राहत कोषको स्थापाना गरिएको थियो । सहयोग संकलन गर्ने जिम्मा उपसभापति गणेश सुनारलाई समेत दिइएको छ । उपसभापति गणेश सुनारको सक्रियताले समेत आर्थिक संकलनमा निकै प्रभावकारी भूमिका खेलेको छ ।

व्यवसाय,व्यवसायी र कालिगढलाई कसरी बचाउन सकिन्छ र समस्यामा परेकालाई कसरी राहत दिन सकिन्छ अहिलेको मूख्य विषयनै यहि भएकाले राहत कोष स्थापाना गरी महामारी विरुद्धको लडाईमा सिंगो सुदुरपश्चिमका व्यवसायी होमिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशका सभापति सन्तोष लामिछानेले बताउनुभयो ।

कोरोना विरुद्धको लडाईमा धेरै व्यवसायीहरु उत्साहित हुँदै आर्थिक सहयोग गरिरहेका छन् । सुनचाँदी सुदुरपश्चिम प्रदेश समितिले मानवताको लागि गरेको यो कार्यलाई सवैले प्रशंसा गरेका छन् । सन्तोष लामिछाने प्रदेश सभापति भएर आएसँगै महामारीको विरुद्धमा सुरु गरिएको यो अभियानले लामिछानेले मानवताको लागि सुरु गरेको यो अभियानले उनीप्रति ठूलो आशा जगाएको छ । अहिलेसम्म करिब १ लाखको हाराहारीमा आर्थिक संकलन भइरहेको छ भने अझै केही दिन जारी रहने लामिछानेले बताउनुभयो । यो सवैले मन फुकाएर लोभबाट टाढिएर सहयोग गर्ने बेला भएको लामिछानेको भनाई छ ।

कोरोनाको दोस्रो लहरको महामारीमा व्यवसायीहरु आहात बनिरहेको अवस्थामा पनि कानमा तेल हालेर सुतिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ केन्द्रिय कार्यसमितिलाई यसपाली प्रदेश समिति र जिल्ला संघहरुले विपत्मा कसरी काम गर्नुपर्छ भनेर सवक सिकाएका छन् ।

प्रायजसो व्यवसायी हकहित भन्दा पनि सुन कसरी आफ्नो पोल्टामा पार्न सकिन्छ भनेर रुमलिने केन्द्रिय नेतृत्वलाई सवक सिकाउने गरी कोरोना विरुद्धको लडाईमा कसरी व्यवसाय, व्यवसायी र कालिगढलाई जोगाउनुपर्छ भनेर सुदुरपश्चिम प्रदेश समितिले खेलेको भूमिका केन्द्रिय नेतृत्वले सिको गरेर लागुगर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्