सुनको आयात सुचारु गर्न रत्न आभूषण महासंघको माग

काठमाडौं,असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग गरेको छ ।

महासंघका महासचिव किसान सुनारद्धारा जारी प्रेस विज्ञप्तीमा यहि असार ८ गतेबाट कोभिड महाकारी विरुद्धको लकडाउन सहज गराएसँगै सुनचाँदी पसल समेत वार तोकेर खोल्न दिने निर्णय भएकाले सुनको आयात र विक्री वितरण सुचारु गर्न माग गरिएको छ । विगतमा २० केजी सुनको आपूर्ति हुँदै आएपनि अव विवाह ,चाडपर्व लगायत सिजनको समय भएकाले दैनिक ३० केजी सुनको कोटा बढाउन अनुरोध गरिएको छ ।

वैशाख १६ गते देखि लकडाउन घोषणा गरेसँगै सुनचाँदी पसल लगायतका व्यापार व्यवसाय समेत ठप्प रहेको थियो । लकडाउन घोषणा गरिएसँगै सुनको खपत हुन सकेको थिएन । रत्न तथा आभूषण महासंघले यो वीचमा स्वच्छ व्यवसायःसम्मानीत व्यवसायी भन्दै व्यवसायमा रहेका कमि कम्जोरी हटाउन अभियाननै चलाएको छ । सुनचाँदी पसल खुलेसँगै फेरी सिजनको समयमा सुनचाँदी व्यवसायी,कालिगढ र उपभोक्ताले कालोबजारी भोग्छन् या हटेर जान्छ यो भने प्रतिक्षाको विषय बनेको छ । सुनको कालोबजारी हटाउन सके सुनचाँदी महासंघहरुको नेतृत्व नाम स्वर्णअक्षरले लेखिने साना व्यवसायीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्