गहना स्टोरले लगेको सुनको विस्कुट बारे छानविन हुन्छ ः अध्यक्ष महर्जन

काठमाडौं,असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले महासंघका उपाध्यक्ष समेत रहनुभएका गहना स्टोर घट्टेकुलोका संचालक रामप्रसाद लकान्द्रीको पसलको सामाजिक संजालबाट प्रर्दशन गरिएको आधा केजी सुनको विस्कुटको सम्बन्धमा वैठक बसेर छलफल गरिने बताउनुभएको छ ।

आभूषण बजार पत्रिकासँगको कुराकानी अध्यक्ष महर्जनले सुनको चरम अभावको बेला यदि संस्थागत नियममा नरहेर सुनको विस्कुट प्रर्दशन गरिएको हो भने दुःखदायी भएको बताउनुभएको छ । महासंघले बैज्ञानिक सुन वितरणको अभियान चलाईरहेको अवस्थामा महासंघको उपाध्यक्ष,सुन वितरण अध्ययन समितिको संयोजक समेत रहनुभएका लकान्द्री जिम्मेवार हुनुपर्दथ्यो भन्ने आफ्नो धारणा रहेको महर्जनको भनाई छ । एउटै पसलमा आधा केजी सुनको विस्कुट सिफारिस जाने कुरो हुँदैन ,सुन पारदर्शी ढंगबाट अन्य सदस्यहरुले पनि पाउने मेकानिजम बनाएर मात्र वितरण गरिने व्यवस्था छ तर यस घटनाका बारेमा कला व्यवसायी संघका अध्यक्षबाट थप बुझेर प्रष्ट पार्ने अध्यक्ष महर्जनको भनाई छ ।

व्यवसायीहरुलाई कसरी सेवा राम्रो  दिन सकिन्छ भन्ने विषयमा  बैंकहरुसँग सहुलियत ऋण प्रवाह लगायतका विषयमा सम्झौताको कार्य अघि बढीरहेको र पारदर्शी वितरणको अभियान चलाईरहेको यो अवस्थामा यस्तो घटना सुन्दा आफुलाई दुःख लागेको अध्यक्ष महर्जनले बताउनुभयो ।

यसैबीच रत्न आभूषण महासंघका उपाध्यक्ष रामप्रसाद लकान्द्रीका छोराले भने यसरी आधा केजी सुन लैजाने आफ्नो पसल मात्र नभएको बताउनुभयो । अरु धेरैले पनि लगेकाले यस विषयमा जानकारी दिन सक्ने बताउनुभयो  । गहना स्टोरले सुनको अभावको बेला आधा केजी विस्कुट सामाजिक संजालबाट प्रर्दशन गरेपछि व्यवसायीहरुले १ तोला सुन नपाएको अवस्थामा कसरी आधा केजी एउटै पसल पुग्यो भनेर प्रश्न उठाएका थिए । साथै उनीहरुले एउटै पसलमा आधा केजी सुन सिफारिस भएपछि बजारमा स्वत अभाव हुने र यसले कालोबजारी बढाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्