सदस्यलाई थाहै नदिई किलो सुन खानेलाई कस्तो कारवाही होला ?

काठमाडौं,असार । आफ्नै व्यवसायिक संघ भित्रका सयौ सदस्यहरुलाई सुन आएको जानकारीनै नदिई आफु खुशी सुन सिफारिस पारेर खाने पदाधिकारीहरुलाई कडा कारवाही गर्नुपर्ने आवाज उठेको छ । त्यसो त नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले घटना दुःखदायी भन्दैं आगामी बैठकमा यस विषयमा कठोर एक्सन लिनसक्ने संकेत गरिसक्नुभएको छ । रत्न आभूषण महासंघका उपाध्यक्ष रामप्रसाद लकान्द्रीको गहना स्टोर घट्टेकुलोबाट आधा केजीको सुनको विस्कुट खुलेआम सार्वजनिक भएपछि  थप अरु पसलेहरुले पनि  किलो –किलो सुन हत्ताएको तथ्य खुलेको हो । सुनको चरम अभाव भएको अवस्थामा पनि सदस्यहरुलाई थाहानै नदिई पहुँचवालाको पसलमा सुन पुगेपछि कला व्यवसायी संघका सदस्यहरु दुखी भएका थिए । “हामीले वारम्वार पारदर्शी ढंगबाट सुन वितरणको कुरा सुरु देखिनै उठाएका थियौं हाम्रो कुरा कहिले पनि सुनुवाई भएन फेरी पहुँचवालाकै पसलमा सुन पु¥याउने खेल दोहोरिरह्यो अहिले पनि घटना सार्वजनिक भयो पक्कै पनि महासंघले केही कारवाही गर्ने हामीले विश्वास राखेका छौं” नाम नबताउने सर्तमा कला व्यवसायी संघका एक सदस्यले आभूषण बजार पत्रिकालाई बताए ।

प्रतिक्रिया दिनुहोस्