महासंघविरुद्ध सर्लाहीका सुनचाँदी व्यवसायी सिडियो जादैं,पसल बन्द गरिने

सर्लाही,साउन । सर्लाहीका सुनचाँदी व्यवसायीहरुले आफ्नै छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघ विरुद्ध आन्दोलन गर्दै आईतवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाउने भएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलाई जिल्लाका व्यवसायीहरुको सुन के कति मात्र आइरहेको र कुन आधारमा आउने गरेको भनेर पत्र पठाएर सुचनाको हक अनुसार जानकारी माग गर्दा पनि हालसम्म कुनै जवाफ नआएकाले महासंघ मार्फतनै व्यवसायीहरु पिडामा परेको भन्दैं आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । सर्लाही जिल्लाले पाउने सुन सिफारिसमा पनि चलखेल भएको हुन सक्ने भन्दैं आन्दोलनमा उत्रिनुपरेको व्यवसायीहरुले बताएका छन् । महासंघले कुनै जानकारीनै नदिई सर्लाहीमा आउने सुन रोक्ने गरेकाले व्यवसायीहरु सुनको अभावमा पिडामा परेको भन्दैं भोली विहान १० बजेदेखि १ बजेसम्म पसल बन्द गरेर सिडियो कार्यालयमा महासंघ विरुद्ध ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको नेपाल सुनचाँदी व्यवसायी संघ सर्लाहीका अध्यक्ष महेन्द्र साह सोनार जारी पत्रमा उल्लेख गरिएको छ ।

सुनको अभावले व्यवसायीहरुले कालोबजारी त भोगेका छन् नै अझ सुननै नभएपछि पसलनै ठप्प गरेर आन्दोलनमा उत्रिनुको विकल्प आफुहरुसँग नभएको सर्लाही सुनचाँदी व्यवसायी संघका महासचिव कमलेश साहले बताउनुभयो । सर्लाहीको सुन के कतिमा आउनुपर्ने हो कसरी आउनुपर्ने यो विषयमा महासंघलाई जानकारी गराउदा पनि वेवास्ता गरीनुले पिडित भएका कारण आफ्नै छाता संगठन महासंघ विरुद्ध न्यायको लागि जिल्ला प्रशासन कार्यालयलाई गुहार गर्नुपर्ने अवस्था आएको संघका उपाध्यक्ष सागरप्रसादले बताउनुभयो ।

महासंघका केही पदाधिकारीहरुको चलखेलकै कारण बजारमा सुनको अभाव र कालोबजारीका कारण सुन तोलामा ४ हजार देखि ५ हजार बढी हाल्नुपर्ने अवस्था सिर्जना भएको भन्दैं यस विषयमा छानविन भएर कारवाही नभएसम्म चरणबद्ध आन्दोलन गरिने सर्लाही सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष दिनेशप्रसाद साहले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्