कोरोना प्रभावका कारण सुन पसल सुनसान,व्यापारमा भारी मन्दी

काठमाडौं,भदौ । कोरोना भाईरसको महामारी आउनुभन्दा पहिले भदौंको महिना देखि यतिबेला सुनचाँदी पसले,कालिगढका लागि भ्याई नभ्याई हुन्थ्यो । अहिले भने कालिगढ र व्यवसायीले सीजनलाई मध्यनजर गरेर जति तयारी गरेपनि ग्राहकहरुको चहलपहल र उत्साह नदेखिएपछि सुनचाँदी पसलहरु सुनसान देखिएका छन् ।

सीजनको समयमा पसलेहरु ग्राहकहरुको सिला खोज्दै दिन कटाउनुपरेको छ । न्यूरोड,विशालबजारमा फाट्टफुट्ट व्यापार हुने गरेता पनि चक्रपथ वाहिर भने केही नियमित ग्राहक बाहेक अरु उत्साहप्रदरुपमा व्यापार हुन सकेको छैन ।

काठमाडौं बाहिरका कतिपय जिल्लामा भने कोरोना महामारीका कारण लकडाउनले गर्दा पसल खोल्ने वार तोकिदा ग्राहकहरुको उपस्थिती खासै हुन सकेको छैन । चितवनको नारायणगढ बजारमा हप्तामा तीन दिन पसल खोल्न दिइएको छ । नारायणगढमा केही पसलले आधा सटर खोलेर लुकिछिपी व्यापार गरेको सुईको प्रहरीले थाहा पाएपछि व्यापारीलाई समातेर जिल्ला प्रहरीमा लगेर ४ घण्टा बढी समय राखी जरिवाना तिराएपछि अहिले जरीवानाको डरले व्यापारीहरुले लुकेर पनि व्यापार गर्न पाएका छैनन् ।

विभिन्न जिल्लामा लकडाउन र दिनप्रतिदिन कोरोना भाईरसको विरामी बढ्न थालेपछि बजार समेत सुस्ताउन थालेको देखिएको छ । तीजलाई मध्यनजर गरेर गहना कारखाना देखि पसलले भारी मात्रमा गहना तयार गरेर राखेपनि ग्राहकहरुको चहलपहल नभएपछि सुनचाँदी व्यवसायिक क्षेत्रमा निरासा देखिएको छ । व्यापारमा मन्दी आएता पनि सुनको कालोबजारी नरोकिएको अझै तोलामा ३ हजार देखि ३५ सय सम्म बढीमा किन्नुपर्ने बाध्यताले भने कालिगढ देखि साना पसलहरु समेत पलायन हुनुपर्ने हो कि भन्ने चिन्तामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्