महासंघको वर्तमान अध्यक्ष कार्यकाल कालोबजारीले बद्नाम,वीरगन्जमा यस्तो भयो

काठमाडौं,वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका वर्तमान अध्यक्षको कार्यकाल सुनको कालोबजारी,सुन सिफारिसमा अनियमिता लगायतका कारणले बद्नाम बनेको छ ।

यूवा व्यक्ति र धेरै संघसंस्थामा काम गरेको अनुभवले केही गर्छ भनेर आम व्यवसायीले विश्वास गरेर अध्यक्ष बनाइयो तर महासंघको समिति निर्माण देखि जिम्मेवारी समेत नतोकि अध्यक्षले महासंघलाई बन्धक बनाएको महासंघकै जिम्मेवार पदाधिकारीहरुले आरोप लगाएका छन् । सुनको कालोबजारी र सुन सिफारिसमा अनियमितता अहिलेसम्मै यो कार्यकालमा बढेको आम व्यवसायीले गुनासो पोखेका छन् ।

वीरगन्जका अध्यक्षले सुन वितरण नगरेको आरोप

नेपाल सुनचाँदी व्यवसायी महासंघका मधेश प्रदेशका महासचिव प्रवेशकुमार सर्राफले पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलनले महासंघबाट प्रभु वैकमा आएको १ केजी सुन दमपच भन्दै आरोप लगाएर फेसबुकमा स्टाटस पोष्ट गर्नुभएको छ । यस विषयमा संघका अध्यक्षलाई फोन गर्दा मोबाईल अफ भेटिएको छ भने पर्सा सुनचाँदी व्यवसायी संघका महासचिव अनिल सर्राफलाई फोन गर्दा प्रभु वैकबाट विके इम्पोरियमबाट १ केजी सुन निकालेको स्विकार गर्नुभएको छ । अध्यक्षको श्रीमती विरामी भएर भारत उपचारको लागि गएको र आएपछि उक्त सुन व्यवसायीहरुको वीचमा वाढिने समेत सर्राफले बताउनुभएको छ । सुन कहाँ छ के छ यस विषयमा छानविन हुने महासचिव अनिल सर्राफले बताउनुभयो ।

सुनचाँदी सर्लाहीका महासचिव शाहले सुनाए डरलाग्दो तथ्य

सिजनको समयमा,निर्वाचनमा राज्यको ध्यान गएको मौका पारी मधेश प्रदेश लगायतका विभिन्न जिल्लामा डरलाग्दो रुपमा सुनको कालोबजारी फैलीएको तथ्य सार्वजनिक भएको छ । सर्लाही सुनचाँदी व्यवसायी संघका महासचिव कमलेश साहले ५५०० देखि ६००० सम्म तोलामा सुनको कालोबजारी चलेको भन्दैं यो पिडा सुन्ने महासंघ किन गैरजिम्मेवार भनेर प्रश्न गर्नुभएको छ । साथै घाटाको व्यापारले पेशा जोगाउन मुस्किल भएको बताउनुभएको छ ।

देशभर सुनचाँदी बजार कालोबजारी र सुन सिफारिसमा अनियमितताले आक्रान्त बनीरहेको अवस्थामा अहिलेका महासंघका अध्यक्ष कानमा तेल हालेर मौन बस्नु,महासंघबाट कुनै पनि अनुगमन नहुनु र व्यवसायी हितमा कुनै काम गर्ना नसक्नाले यो कार्यकाल छिट्टै सकियोस वा राजिनामा दिए अझ वेस हुने थियो भन्नेमा महासंघ भित्रकै अधिकांस पदाधिकारी र व्यवसायीहरु पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्