असोजमा महासंघमा नयाँ नेतृत्व ? सिरहामा प्रभावशाली गेममेकरको उदय

नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशन असोजमा हुने भएको छ ।

महासंघका प्रवक्ता मनोजकुमार साहले असोज २५ र २६ गते काठमाडौंमा महासंघको तेस्रो महाधिवेशन गर्ने निर्णय भएको आभूषण बजार पत्रिकालाई जानकारी दिनुभयो । दोस्रो महाधिवेशनमा मोहन विश्वकर्मा अध्यक्ष चयन हुनुभएको थियो । विश्वकर्माको कार्यकाल सकिएता पनि कोरोना भाईरसको कारण महासंघले अवधी थप्दै महाधिवेशनको मिति सार्दै आइरहेको थियो । कोरोना प्रभाव र सुनको मूल्य भारी वृद्धिले बजार अस्तव्यस्त बनिरहेको बेला महासंघको तेस्रो महाधिवेशनमा आउने नयाँ नेतृत्व र कार्ययोजनाले सुनचाँदी बजारलाई कसरी सुरक्षित गर्छ सवैको लागि प्रतिक्षाको विषय बनेको छ । यसैबीच महाधिवेशनको मिति तय सँगै महासंघको मातहातमा रहेको जिल्ला संघहरुको पनि अधिवेशन हुन सुरु गरेको छ । सिरहा सुनचाँदी व्यवसायी संघको अध्यक्ष युवा व्यवसायी विकास सारडा अध्यक्षमा चयन हुनुभएको छ । प्रदेश नम्बर २ को सिरहाबाट सुनचाँदीको नेतृत्वमा सारडाको उदयलाई अर्थपूर्णरुपमा लिइएको छ । युवा उद्यमी सारडा पूर्व क्षेत्रको सुनचाँदी व्यवसायको प्रभावशाली र रणनीतिक गेम मेकरको रुपमा चिनिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्