उपभोक्ताले पनि गुणस्तर चेकजाँच गर्न पाउँछनःउपमहानिर्देशक जोशी

नेपाल गुणस्तर तथा नापतौल विभागका उप–महानिर्देशक ज्योति जोशी भट्टले उपभोक्ताले पनि कुनै पनि सामानको गुणस्तर चेकजाँच गर्ने सक्ने बताउनुभएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशालाहरुमा स्याम्पल ल्याएर परिक्षण गर्न सकिने जोशीको भनाई छ । सुनचाँदी व्यवसायीहरुसँग समन्वय गरेर सुनचाँदी लगायतका धातुको शुद्धता जाँच्ने मेशीन संचालनमा ल्याइएको र समय अनुसार मेशीनको विकास गर्नुपर्ने भएकाले अझ व्यवस्थित तरिकाबाट छिट्टै कार्य सुरु गरिने जोशीले बताउनुभयो ।

बजारमा छ्याप छ्याप्ती सुन जाँच्ने मेशीन खुलेको छ नी गुणस्तर कार्यालयसँग के कस्तो समन्वय छ भनेर सोधिएको प्रश्नमा उप–महानिर्देशक जोशीले यस विषयम अनविज्ञता व्यक्त गर्नुभयो । यस विषयमा महानिर्देशक सँग सल्लाह गरेर के रहेछ बुझेर थप जानकारी दिने जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्