सुनचाँदी व्यवसायी तथा कालिगढ पिडित संघर्ष समिति गठन

काठमाडौं । पिडित सुनचाँदी व्यवसायी तथा कालिगढहरुको भेलाले सुनचाँदी व्यवसायी तथा कालिगढ पिडित संघर्ष समिति गठन गरेको छ ।

काठमाडौंमा सामाखुशीमा भएको भेलाले रेशम लाम्गादेको संयोजकत्वमा २१ सदस्यी संघर्ष समितिको गठन गरेको हो । सह–संयोजकमा सह–संयोजकमा राजकुमार विश्वकर्मा चयन हुनुभएको छ । सदस्यहरुमा श्यामकुमार विश्वकर्मा,कुमार दुतराज,रमेशकुमार विश्वकर्मा,हरिबहादुर विश्वकर्मा,महेन्द्र बराईली,सानुवावु लकान्द्री,नरेन्द्र बहादुर विश्वकर्मा,शुभद्रा विश्वकर्मा,विष्णु सागर धमला,लोकेन्द्र रामदाम,धर्मन्त शाह शंकर,सुसन रामदाम,रमेश ल्वागुन,रामशरण कोइराला,शिव सुनार,रामशरण विश्वकर्मा,शिव सुनार,सुदिप सुनार,कृष्ण खाती रहनुभएको छ । संघर्ष समितिले देशभर पिडित सुनचाँदी व्यवसायी तथा कालिगढहरुलाई एकढिक्का बनाएर जिल्ला–जिल्लामा संघर्ष समिति बनाउने र आन्दोलनको कार्यक्रम तय गर्ने भेलामा जानकारी दिएको छ । सो अवसरमा रेशम लाम्गादेले सुनचाँदी नीतिका लागि निर्णायक आन्दोलनका लागि एकता,आजको आवश्यकता शिर्षकमा ६ पृष्ठ लामो अवधारणा–प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्य,नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रका महासचिव रत्न सुन्दर शाक्य,सिमरा सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रेम साह सोनार,सुनचाँदी पेशा वचाउ अभियन्ता हरिशंकर सर्राफ लगायतको उपस्थिती रहेको थियो ।

संघर्ष समितिले सुरुवातमा महासंघ लगायतका संघ संगठन,सरकारलाई सुनचाँदी नीति निर्माण र विद्यमान सुनचाँदी देखिएका समस्या हल गर्न ध्यानाकर्षण गराउने यदि यसमा वेवास्ता गरे चरणवद्ध संघर्षको कार्यक्रम तय गरेर अघि बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्