सुनचाँदी तथा कालिगढ पिडित संघर्ष समितिबाट महासंघलाई ध्यानाकर्षण

काठमाडौं । सुनचाँदी तथा कालिगढ पिडित संघर्ष समितिले नेपाल सुनचाँदी व्यवसायी महासंघलाई ७ बुद्धे माग सहित ध्यानाकर्षण पत्र बुझाएको  छ ।

संघर्ष समितिका संयोजक रेशम लाम्गादेको नेतृत्वमा गएको पिडित व्यवसायी तथा कालिगढहरुको टोलीले सुनचाँदी बजारको भविष्य अन्योल भएको भन्दैं महासंघ जिम्मेवार भएर तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण– पत्र बुझ्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको नीति निर्माण कार्यमा जुटिरहेको र सुनको वितरण प्रणाली जिल्ला –जिल्लामा व्यवसायीहरुले खोज्नुपर्ने बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझाउँदै संघर्ष समिति संयोजक रेशम लाम्गादेले आफुहरुको माग सम्बोधन गर्न महासंघको नेतृत्व जिम्मेवार नभए देशभरका व्यवसायी तथा कालिगढहरुसँग छलफल गरी चरणवद्ध संघर्ष उत्रने जानकारी दिनुभयो ।

संघर्ष समितिले निम्न मागहरु महासंघ समक्ष राखेको छ ।

१) तत्काल बैज्ञानिक सुनचाँदी कारोवार निर्देशिका जारी गर्न पहलकदमीको माग गर्दर्छौ ।

२) पारदर्शीरुपमा प्यानका आधारमा ५० देखि १०० ग्राम जिल्लाकै बैंकहरुबाट सुन उपलब्ध गराउन माग गर्दर्छौ ।

३) बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी भाउ भन्दा बढी मूल्यमा सुन बेच्ने कार्य भइरहेकाले महासंघले त्यस्ता व्यक्तिहरुको पहिचान गरी कारवाही गर्न तुरुन्त आफु मातहातका संगठनलाई सर्कुलर जारी गर्न माग गर्दर्छौ ।

३) कालिगढहरुलाई समयसापेक्ष उचित ज्याला जर्ति,संचयकोष र स्वास्थ्य विमा उपलब्ध गराउन माग गर्दर्छौ ।

४) स्वदेशी कालिगढको सीप क्षमता अभिवृद्धिको लागि अभिमुखिकरण र तालिमहरुको व्यवस्थापनको लागि ध्यान दिन माग गर्दर्छौ ।

६) राज्य तहबाट सुनचाँदी क्षेत्रको हक अधिकार प्रवद्र्धन गर्ने कानुनी अधिकार सहितको ज्वेलरी विकास विभागको गठनका लागि राज्य तहसँग कार्य अगाडि बढाउन माग गर्दर्छौ ।

७) महासंघबाट वितरण हुने सुनको सिफारिसको विवरण महासंघकै वेभसाईटमा लिपिबद्ध गरेर सार्वजनिक गर्न माग गर्दर्छौ ।

ध्यानाकर्षण पत्र बुझाउन संर्घष समितिका सह–संयोजक राजकुमार दर्नाल सदस्यहरु श्यामबहादुर विश्वकर्मा,रमेश ल्वागुन,हरिबहादुर  विश्वकर्मा, महेन्द्र बराईली,उस्पार सुनार,सुसन रामदाम लगायतको टोली महासंघ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्